Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:50 | बिहिबार २७, मङि्सर २०७५ ०५:५०
धनगढी प्रिमियर लिगलाई जगदम्बा इन्टरप्राइजेजल १० लाख दिने

मङ्गलबार, १५ फागुन २०७४| Radio Dhangadhi
धनगढी प्रिमियर लिगलाई जगदम्बा इन्टरप्राइजेजल १० लाख दिने

एफएम संवाददाता
धनगढी १५ फागुन । धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीद्वारा आज आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार प्रतियोगिताको सहआयोजक अब जगदम्बा इन्टरप्राइजेज रहनेछ भने आयोजकले सम्पूर्ण प्रवद्र्धनात्मक क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ ।

आगामी चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीको सहभागिता रहनेछ ।

आयोजकका अनुसार करिब तीन करोड खर्च लाग्ने उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाची १८० सिसीको मोटरसाइकल पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी एकजना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई अर्जुन खड्का स्मृति सम्मानस्वरुप जनही एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ । 
 


मङ्गलबार १५, फागुन २०७४ ०७:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस