Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:55 | शुक्रबार ०८, असार २०७५ १८:५५
वडा नम्बर १७ मा पहिलो पटक खेलकुद प्रतीयोगीताको आयोजना

मङ्गलबार, १५ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी १५ फागुन । धनगढी उपमहानगरपालीका वडा नम्बर १७ मा मङगलबारबाट खेलकुद प्रतियोगीताको सुरु गरिएको छ ।

वडा नम्बर १७ मा रहेको खुलकुद विकास समितीले वडा नम्बर १७ ले पहिलो पटक फुटबल र भलीबल प्रतीयोगीताको आयोजना गरेको हो ।

फुटबल तथा भलीबल प्रथम हुने टिमलाई १०÷१० हजार बराबरको बोका, दोस्रो हुनेलाई ७ हजार बराबरको बाख्रा र तेस्रो हुने टीमलाई १ हजार बराबरको कुखुरा प्रदान गरिने वडा नम्बर १७ का वडा सदस्य बिशाल बहादुर बोहोराले बताउनुभयो ।  

केदार सामुदायिक वन डगौलीयाले मुख्य प्रायोजन र सिद्धबाबा सामुदायिक बन धुरर्चनाले सहप्रायोजन गरेको प्रतियोगिता भानु माध्यामिक विद्यालयको प्राङगरमा भईरहेको छ । 
 


मङ्गलबार १५, फागुन २०७४ ०७:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस