BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:11 | बिहिबार ०४, असोज २०७५ २१:११
लिटील फ्लावर प्रमियर लिग : लिटील फ्लावर र सिद्धार्थ सिशु सदनद्धारा विजयी सुरुवात

मङ्गलबार, १५ फागुन २०७४| Radio Dhangadhi
लिटील फ्लावर प्रमियर लिग : लिटील फ्लावर र सिद्धार्थ सिशु सदनद्धारा विजयी सुरुवात

एफएम संवाददाता
धनगढी १५ फागुन । धनगढीमा मङगलबारदेखी निष्ट लिटील फ्लावर प्रमियर लिग राष्ट्रिय स्कुल स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ ।

प्रतियोगीतामा आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुल र सिद्धार्थ सिशु सदनले विजयी सुरुवात गरेका छन् । मङगलबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्धघाटन खेलमा धनगढी माविलाई ४ रनले पराजित गर्दै लिटील फ्लावरले विजयी सुरुवात गरेको छ ।

टस जितेर व्याटीङ गरेको लिटील फ्लावरले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै १ सय ३८ रन बनायो । उसका लागी नारायण जोशीले २९ बलमा ५३ रनको पारी खेलेका थिए ।

धनगढी माविका कप्तान रोशन रावल र अमन पन्थीले समान ३÷३ विकेट लिए भने भुपेन्द्र थापाले २ विकेट लिए । १ सय ३९ रनको मध्यम लक्ष्यका साथ मैदान उत्रिएको धनगढी उच्चमावी पुरै २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३४ रनमा समेटीएको हो ।

अन्तीम ओभरमा जितका लागी १७ रन आवश्यक रहेकोमा धनगढी माविले १२ रन मात्रै बनाउन सक्यो । धनगढी माविका लागी अमन लामा र सुवोध ऐररले समान २८÷२८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यम कार्कीले २४ रन बनाए । लटील फ्लावरका नारायण जोशी र अनिल थापाले समान २÷२ विकेट लिए । खेलको म्यान अफ द म्याच लिटील फ्लावरका नारायण जोशी भए ।

आजै भएको दोश्रो खेलमा सिद्धार्थ सिशु सदनले कञ्चनपुरको विचडम एकेडेमीलाई ४२ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको सिद्धार्थ सिशु सदनले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनायो ।

उसका लागी किरण ठगुन्नाले ४९ र प्रकाश सिहले ४४ रन बनाए । विचडमका पवन कार्की, चन्द्र कार्की र बसन्त कार्कीले समान १÷१ विकेट लिए ।

१ सय ४४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विचडमले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १ सय १ रन मात्रै बनाउन सक्यो । विचडमका लागी बसन्त कार्कीले ३८ र लोकेश बलमे १८ र बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् ।

सिद्धार्थका प्रकाश सिह, सिफ्टेन अन्सारी र दिपेन्द्र थापाले समान १–१ विकेट लिए । यसअघि प्रतियोगीताको एक समारोहका बिच प्रदेश नमबर ७ का सामाजीक विकास मन्त्री दिर्घ सोडारीले उद्धघाटन गर्नुभएको थियो ।

प्रतियोगीताको उद्धघाटन गर्दै मन्त्री सोडारीले खेल क्षेत्रमा धेरै गतिवीधी बढेकाले अव धनगढी खेलकुदको शहर बन्नेमा आशावादी रहेको बताउनुभयो ।

प्रतियोगीतामा देशभरीबाट १२ टिमले सहभागीता जनाएको प्रतियोगीताका संयोजक कलेन्द्र शाहीले बताउनुभयो । प्रतियोगीतामा कैलाली सहित काठमाडौ, बाके र कञ्चनपुरका टिमहरुको पनि सहभागीता रहेको छ ।

प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभीन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरीने आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले बताउनुभयो ।

प्रतियोगीता अन्तरग भोली तिन वटा खेल हुनेछन् ।
 


मङ्गलबार १५, फागुन २०७४ ०७:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस