Latest Nepali pop songs

12:15 PM - 01:00 PM

Wednesday, July 18 2018, 12:19 | बुधबार ०२, साउन २०७५ १२:१९
कलाकारिता र सामाजिक क्षेत्रमा क्रियाशिलः सरिता प्रजापति

सोमबार, १४ फागुन २०७४| Radio Dhangadhi
कलाकारिता र सामाजिक क्षेत्रमा क्रियाशिलः सरिता प्रजापति

निराजन परियार 
धनगढी १४ माघ । पछिल्लो समयमा गायिका सरिता प्रजापति मेला महोत्सव र स्टेज कार्यक्रममा व्यस्त हुने गायिकामा पर्छन् ।

 बिभिन्न भाषाभाषिका गित गाउन अब्बल सरिता कहिले सुदुर पर्व कहिले  सुदुर पश्चिमका अछाम,डोटी लगाएमा हुने मेला महोत्सवमा पुग्ने गरेकी छन् . २ दर्जन भन्दा बढी गितह?मा आफनो स्वर दिईसकेकी गायिका सरिता प्रजापतिले २०६७ सालमा आफनो पहिलो ठ्याकै मन मिलेको साईत जुरेको एल्वम बजारमा ल्याएर साँगितिक क्षेत्रमा प्रवेश गरेको सुनाउछन् ।

उहाँले हाल सम्म निरन्तर यस गायन क्षेत्रमा लागेर थुप्रै सृजना जन्मईसकेका छन । गायिका मात्र होइन आफै मोडल भएर म्युजिक भिडियो पनि गरिसकेकी छिन् ।

उहाँका बजारमा रहेका थुप्रै गित मध्य ढाका टोपी क्या राम्रो सुहाको, बारुले कम्मर, सम्झनालाई जाली रुमाल, हेर्दा हेर्दा जवानीले छोईसकेछ,आईलभयु, बुढाबुढी एक्सप्रेस र हर हर महादेव लगाएत गितले आफनो पहिचान दिएको उहाँको भनाई छ ।

श्रोताले दिएको प्रतिक्रियाले उहाँलाई थप हौसला समेत दिएको र निरन्तर रुपमा यसै क्षेत्रमा लागि रहने बताईन् । बाल्यकालदेखि नै गित गाउने सुन्ने र स्कुलहरुका हरेक कार्यक्रम सहभागि हुने गरेको उहाँको भनाई छ ।

नेपाली गित संगितका अग्रजहरुको प्रेरणाले आफु यस क्षेत्रमा पुगेको उहाँको भनाई छ ।.

घरपरिवारको यो क्षेत्रमा सहयोग सुरुमा नभएपनि लुकीलुकी संगित सिक्न गएको अनुभव सुनाउछीन । भक्तपुरमा जन्मनुभएको सरितालाई भने सुदुरपश्चिमका देउडाभाका र यो क्षेत्र संग गहिरो नाता बसेको उहाँको भनाई छ ।

कामको शिलशिलामा ८ महिना डोटी बस्नुभएकी सरितालाई देउडा गित सुन्न निकै मन पर्छ । . गायिका सरिता सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् ।

सिनियर स्टाप नर्सको रुपमा कार्यरत उहाँ दर्शक सामु कहिले मनोरन्जन दिन पुग्छन् त कहिले सामाजिक कामको लागि पुग्ने गरेकी छन् ।  

दुवै पेसालाई संग संग अगाडी बढाई रहेकी सरिताकोे आगामी योजना भनेको नै गित संगित सामाजिक क्षेत्र नै भएको बताउछन् ।.


सोमबार १४, फागुन २०७४ ०७:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस