BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:09 | बिहिबार ०४, असोज २०७५ २१:०९
लिटील फ्लावर प्रमियर लिगको तयारी पुरा

सोमबार, १४ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी १४ माघ । मङगलबार देखी हुने राष्ट्रीय स्तरको स्कुल स्तरीय निष्ट लिटील फ्लावर प्रमियर लिगको तयारी पुरा भएको छ ।

आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलले मङगलबारदेखी हुने प्रतियोगीताको सबै तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगीताका लागी फाप्ला क्रिकेट मैदानको सबै तयारी पुरा भएको छ भने टिमहरु धनगढी पुग्ने क्रम पनि सुरु भएको छ । प्रतियोगीताका लागी ठाउँ–ठाउँमा स्वागत गेट बनाईएको छ भने फाप्ला मैदान सिङगारीएको छ ।

प्रतियोगीताको भोली सामाजीक विकास मन्त्री दिर्घ सोडारीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । देशभरीबाट १२ टिमले सहभागीता जनाउने प्रतियोगीतामा १ लाख ५ हजार बढिको पुरुष्कार प्रदान गरीने प्रतियोगीताका संयोजक कलेन्द्र शाहीले बताउनुभयो ।

प्रतियोगीतामा कैलाली सहित काठमाडौ, बाके र कञ्चनपुरका टिमहरुको पनि सहभागीता रहने उहाँले बताउनुभयो । प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभीन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरीने आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले बताउनुभयो ।

टिमहरुले ५ जना खेलाडी विद्यालय बाहीरका १९ बर्ष मुनीका खेलाडी पनि छान्न पाउने भएकाले धेरै टिमहरुले यस क्षेत्र चर्चीत खेलाडीहरुलाई पनि टिममा भित्रयाएका छन् ।

धनगढीले क्रिकेटमा राष्ट्रीय पहिचान बनाईरहेका बेला विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा जोड दिन प्रतियोगीता आयोजना गर्न लागीएको प्रतियोगीताका निर्देशक शाहीले बताउनुभयो


सोमबार १४, फागुन २०७४ ०६:५९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस