Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:52 | बिहिबार २७, मङि्सर २०७५ ०५:५२
महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई

आइतबार, १३ फागुन २०७४| Radio Dhangadhi
महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई

एफएम संवाददाता
धनगढी १३ फागुन । धनगढीमा आयोजना गरिएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।

फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै ६० रन मात्रै जोड्न सक्यो ।

पूुर्वाञ्चलका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक जोड्न सकेनन् । एपीएफका लागि कसिलो बलिङ गरेका रेखा रावल, करुणा भन्डारी, सीता राना मगर, रीतु कनोजीया र अन्जली चन्दले १र१ विकेट लिए ।

जवाफमा ६१ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा र्गयो । एपीएफको जितमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिइन् ।

 पूर्वाञ्चलका संगता राई र शान्ति चौधरीले एकरएक विकेट लिएपनि जितका लागि प्रयाप्त भएन । विजेता एपीएफले ५ र उपविजेता पूर्वाञ्चलले २ लाख पुरस्कार प्राप्त गरेका छन् ।

व्यक्तिगत विधातर्फ पूर्वाञ्चलका खेलाडीको बर्चश्व रहृयो । पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट बलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् ।

उत्कृष्ट ब्याट्स वुमन पनि पूर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् । सुदुरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदुरपश्चिमाञ्चलनै चुनियो ।
 


आइतबार १३, फागुन २०७४ ०६:०४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस