---
Friday, September 20 2019, 22:45 | शुक्रबार ०३, असोज २०७६ २२:४५
महिला राष्ट्रीय क्रिकेट प्रतियोगीता : उपाधीको लागी पुर्वाञ्चल र एपीएफ भिड्ने

शनिबार, १२ फागुन २०७४| Radio Dhangadhi
महिला राष्ट्रीय क्रिकेट प्रतियोगीता  : उपाधीको लागी पुर्वाञ्चल र एपीएफ भिड्ने

एफएम संवाददाता
धनगढी १२ फागुन । प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको उपाधीको लागी पुर्वाञ्चल र एपीएफ भिड्ने भएका छन् ।

शनिबार भएका सेमीफाईनलमा जित निकाल्दै दुवै टोली उपाधी नजिक पगेका हन् । पुर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजीत गरेको हो भने विभागीय टोली एपीएफले घरेलु टोली सुदुरपश्चिमलाई ८१ रनले पराजीत गरेको हो ।

शनिबार भएको पहिलो सेमीफाईनलको पहिलो खेलमा पुर्वाञ्चलले मध्यमाञ्चनलाई ५३ रनको फराकीलो जित निकाल्दै फाईनलमा स्थान सुरक्षित बनाउको हो ।

टस जितेर व्याटीङ गरेको पुर्वाञ्चलले काजोल श्रेष्ठको अविजीत ५५ रनको मदत्तले २० ओभरमा २ विकेट गुमाउदै १ सय १९ रन बनायो । पुर्वाञ्चलका लागी अप्सरी बेगमले ३२ र कपतान रुवीना क्षेत्रीले अविजीत रहदै १४ रन बनाईन् । काजोल र अप्सरी विच तेश्रो विकेटका लागी ८६ रनको साझेदारी भएको थियो ।

मध्यमाञ्चलकी रोजी कडारीले १ विकेट लिईन । १ सय २० रनको विजयी लक्ष्य सहित मैदा उत्रिएको मध्यमाञ्चलले २० ओभवरमा सबै विकेट गुमाउदै ६६ रन मात्रै बनाउन सक्यो ।

मध्यमाञ्चलका लागी कञ्चन श्रेष्ठले २१ र सिता श्रेष्ठले १७ रन बनाईन् । पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन् ।

सब्नव राई, सन्तोषी चौधरी र संगिता राईले समान १÷१ विकेट लिईन् । खेलको प्लेयर अफ द म्याच पुर्वाञ्चलकी काजोल श्रेष्ठ भईन् । शनिवार नै भएको दोश्रो सेमीफाईनलमा विभागीय टोली एपीएफ सुदुररपश्चिमलाई ८१ रनले पराजीत गर्दै उपाधी नजिक पुगेको हो ।

टस हारेर व्याटीङको निम्तो पाएको एपीएफले २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ३१ रन बनायो । एपीएफका लागी सिता रानामगरले ५१, सरीता मगरले ३७ र ज्योती पाण्डेयले १८ रन बनाईन् ।

ज्योती र सिता विच पहिलो विकेटका लागी ६१ रनको साझेदारी गरे भने पिसता र सरीता विच दोश्रो विकेटका लागी ४० रनको साझेदारी भएको थियो ।

सुदुरपश्चिमका लागी सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले समान १÷१ विकेट लिईन् । १ सय ३२ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिम १९ ओभरमा सबै विकेट गुमाएर ५१ रन मात्रै बनाउनसक्यो ।

सुदुरपश्चिमका लागी निशा भट्टले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी सिता मगर, करुण भण्डारीले समान ३÷३ विकेट लिए भने अन्जली चन्दले २ तथा सिता रानामगरले १ विकेट लिईन् ।

खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन् । फाईनल खेल भोली फाप्ला क्रिकेट मैदानमा हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।
  
  


शनिबार १२, फागुन २०७४ ०७:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस