Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:59 | आइतबार ०२, मङि्सर २०७५ २२:५९
हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने अभियान सुरु

शनिबार, १२ फागुन २०७४| Radio Dhangadhi
हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने अभियान सुरु

एफएम संवाददाता
धनगढी १२ फागुन । हात्तीपाइले रोग निवारणका लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्दैछ ।

शनिबार, आइतबार र सोमबार २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

जसमध्य प्रदेश नम्बर ७ का बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अभियान चलाइनेछ ।

हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन ।

हात्तीपाइले विरुद्धको औषधी खाली पेटमा यो औषधि नखान पनि डाक्टरले सल्लाह दिएका छन् । नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो ।

यस्तै  प्रदेशप्रमुख मोहनराज मल्लले हात्तिपाइलेको औषधी खुवाएर औषधी खुवाउने कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

आज बिहान ११ बजे सेती अञ्चल अस्पतालमा धनगढी उपमहानगरका मेयर नृप बहादुर वडलाई पहिलो औषधी खुवाएर प्रदेश प्रमुख मल्लले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

मेयर वड लगायत   उहाले आफु उमेरले ७० बर्ष लागेको भन्दै औषधी खानुभएन । बिगतका बर्षहरुमा आफुले औषधी खाएको र आफुलाई कुनै असर नगरेको भन्दै प्रदेशप्रमुख मल्लले सबैलाई औषधी खाएर हात्तिपाइले लाग्नबाट बच्न सुझाव दिनुभयो ।

कैलालीको धनगढीमा प्रदेश प्रमुख मल्लले औषधी खुवाउने कार्यक्रमको उद्घाटन गर्नुभयो भने, टिकापुरमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र बलियामा जिल्ला समन्वय समिति संयोजक सुर्य बहादुर थापाले उद्घाटन गरेका हुन ।  


शनिबार १२, फागुन २०७४ ०६:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस