---
Friday, September 20 2019, 22:42 | शुक्रबार ०३, असोज २०७६ २२:४२
प्रधानमन्त्री कप महिला क्रिकेट : सेमिफाईनल समिकरण पुरा

शुक्रबार, ११ फागुन २०७४| Radio Dhangadhi
प्रधानमन्त्री कप महिला क्रिकेट : सेमिफाईनल समिकरण पुरा

धनगढी ११ फागुन । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

सेमीफाईनलमा पुग्ने अन्तिम टोलीको श्क्रवारको खेलले टुङगो लागेसंगै सेमीफाईनल समिकरण पुरा भएको हो । शुक्रबार भएको पहिलो खेलमा पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल माथि ९८ रनको सानदार जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो ।

शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि १२ रनको जित हात पारेको छ । पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गर्दै समुह उपविजेता वन्दै सेमिफाईनल पुगेको छ ।

टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १ सय ३४ रन बनायो । १ सय ३५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउदै ३६ रनमै समेटियो ।

खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री हुनुभयो ।  दोश्रो खेलमा मध्यमाञ्चल सुदुरपश्चिममाथि १२ रनको जित निकाल्दै समुह विजेता वनेर अन्तिम चारमा पुगेको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । १ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवातका वावजुत हार व्यहोर्न परेको हो । सुदुरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउनसक्यो ।

शनिवार हुने सेमिफाईनलमा मध्यमाञ्चलले समुह ए को विजेता बन्दै समुह वि को उप विजेता पुर्वाञ्चलसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ । समुह ए को उपविजेता सुदुरपश्चिमलले समुह वीको विजेता विभागीय टोली एपीएफसँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

सेमीफाईनलका दुवै खेल शनिबार फाप्ला क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् । 


शुक्रबार ११, फागुन २०७४ ०८:५१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस