---
Saturday, June 23 2018, 01:03 | शनिबार ०९, असार २०७५ ०१:०३
काइदाको काममा कैदी

शुक्रबार, ११ फागुन २०७४| Radio Dhangadhi
काइदाको काममा कैदी

डडेल्धुरा ११ फागुन । जिल्ला कारागार डडेल्धुराका कैदीबन्दीहरुले मुँडा उत्पादन गरी आम्दानी गर्न थालेका छन् ।

अरुबेला खेल खेलेर बिताउने कैदीबन्दीहरुले अहिले भने एक जनाबाट सिकेको सिपलाई समूहमै फैलाएका मात्र छैनन, राम्रो आम्दानी पनि गरिरहेका छन् ।

डडेल्धुरा जिल्ला कारागारका कैदीहरु अहिले आफ्नै लगानीमा निगालो, प्लाष्टिकको डोरी, सरिया तथा साईकलको टायर जस्ता बिभिन्न सामग्रीहरु प्रयोग गरि दैनिक दुई वटासम्म मुँडा बनाउन जुटेका छन् ।

यसरी बनाइएका मुँडाबाट कैदीहरुले ७ सयदेखि १४ सय रुपैयाँसम्म विक्री गर्दा आम्दानी पनि हुन थालेको कैदीबन्दी शिद्ध साउदले बताउनुभयो ।

मुँडा बनाउने सिप सिकेपछि कारागारमा रहेका ४८ जना कैदी बन्दी मध्ये दश बाह्र जना अहिले मुँडा बनाउनमै व्यस्त हुने गरेका छन् । 


शुक्रबार ११, फागुन २०७४ ११:४७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस