---
Friday, September 20 2019, 22:36 | शुक्रबार ०३, असोज २०७६ २२:३६
एफिएफ र मध्यमाञ्चल सेमिफाईनलमा

शुक्रबार, ११ फागुन २०७४| Radio Dhangadhi
एफिएफ र मध्यमाञ्चल सेमिफाईनलमा

धनगढी ११ फागुन । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीतामा विभागीय टीम एफिएफ र मध्यमाञ्चल सेमिफाईनलमा पुगेका छन ।

विहिवार भएका खेलमा जित हात पार्दै दुवै टीम अन्तिम चारमा पुगेका हुन । पश्चिमाञ्चल दुवै खेलमा हार व्यहोरेर प्रतियोगितावाट वाहिरिएसँगै घरेलु टोली सुदुरपश्चिम पनि खेलेको एकमा जित हात पारेका कारण सेमिफाईनल पुगेको छ । विहीवारको पहिलो खेलमा समुह ए मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजीत गर्दै अन्तीम चार सम्मको यात्रा तय गरेको हो ।

टच हारेर व्याटीङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतीमा १ सय १३ रन बनायो । १ सय १४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउदै ६९ रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ हुनुभयो ।

पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगीताबाट बाहीरीएको छ भने सोही समुहमा रहेको घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जितले सेमीफाईनलमा पुगेको छ । समुह विजेताका लागि अव सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलले भोली प्रतिस्पर्धा गर्नेछन ।

विहीवारको दोश्रो खेलमा समुह वि मा रहेको एपीएफले पुर्वाञ्चललाई ४ विकेटले पराजीत गर्दै अन्तीम चारमा स्थान सुरक्षीत बनाएको छ । टस जितेर व्याटीङ गरेको पुर्वाञ्चलले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै ६४ रन मात्रै बनाउन सक्यो । ६५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराव सुरुवातका विच ४ विकेटको जित दर्ता गर्न सफल भएको हो । खेलको प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी हुनुभयो । 


प्रतियोगीता अन्तरगत आज पहिलो खेल पुर्वाञ्चल र मध्यपश्मिाञ्चल र दोश्रो खेल सुदुरपश्चिम र मध्यमाञ्चल विच भइरहेको छ । पुर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुनेले सेमीफाईनलमा स्थान सुरक्षित बनाउने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् । 
 


शुक्रबार ११, फागुन २०७४ ११:२१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस