---
Sunday, November 18 2018, 23:00 | आइतबार ०२, मङि्सर २०७५ २३:००
भोली देखी हात्तीपाइले रोगको औषधी खुवाईदै

शुक्रबार, ११ फागुन २०७४| Radio Dhangadhi
भोली देखी हात्तीपाइले रोगको औषधी खुवाईदै

धनगढी ११ फागुन । हात्तीपाइले रोग निवारणका लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ ।

फागुन १२, १३ र १४ गते कैलाली सहित २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 
हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनैपनि रोगका सिकिस्त बिरामीले नखान डाक्टरहरुले सुझाव दिका छन् ।हात्तिपाइले विरुद्धको औषधि खाली पेटमा नखान पनि डाक्टरले सल्लाह दिएका छन् । 


नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो ।


शुक्रबार ११, फागुन २०७४ ११:१८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस