---
Tuesday, December 11 2018, 00:23 | मङ्गलबार २५, मङि्सर २०७५ ००:२३
१६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद

बुधबार, ०९ फागुन २०७४| Dinesh Thakulla
१६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद

एफएम सवाददाता
बैतडी, माघ ९ । 

सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा बैतडीमा एक युवकलाइ २८ वर्ष कैद हुने भएको छ ।

बैतडीको मेलौली नगरपालिकाकी १६ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले भरतराम लुहारलाई जन्मकैदको फैसला गरेको हो ।

पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जन्मकैदसहित ८ वर्ष थप कैद हुने फैसला गरेको जिल्ला अदालत बैतडीले जनाएको छ ।

न्यायाधीश बिष्णुप्रसाद गौतमको इजलासले आरोपीलाई २८ वर्षको कैद सजाय सुनाएको छ, भने त्यसै ठाउँका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ ।

गएको साउन ३ गते दुवै जनाले किशोरीलाई सामूहिक बलात्कार गरि हत्या गरेको भन्दै पीडितका अभिभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए ।

उजुरी दिएकै दिन प्रहरीले आरोपीलाई गिरफ्तार गरेको थियो ।
 


बुधबार ०९, फागुन २०७४ ०७:३७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस