---
Sunday, June 24 2018, 20:44 | आइतबार १०, असार २०७५ २०:४४
डीपीएल अक्सन: लाइभ अपडेट

बुधबार, ०९ फागुन २०७४| Hari Joshi
डीपीएल अक्सन:  लाइभ अपडेट

आगामी चैत्र १७ गतेदेखि धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपिएल)–२ को खेलाडी बोलकबोल (अक्सन) आज(बुधबार) राजधानीमा हुँदैछ। अक्सनमा दुई सय दुई खेलाडीमाथि लाग्नेछ।

प्रतियोगितामा सहभागी ६ टिमहरु महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, टिम चौराहा धनगढी र रूपेन्देही च्यालेन्जर्सले आफूलाई चाहेका खेलाडीलाई भाउँ लगाउनेछन्। खेलाडीमाथि सर्वाधिक रकम खर्चने टिमले खेलाडी भित्र्याउनेछ।

अक्सनमार्फत एक टोलीले १२ जना खेलाडी ११ लाख भित्र किनीसक्नु पर्नेछ। अक्सनका लागि खेलाडीको श्रेणी विभाजन गरेको छ। जसअनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तीमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टोलीमा खेल्दै अएकाहरू हुनेछन्। अक्सनमा उनीहरूको भाउ न्यूनतम १ लाखदेखि अधिकतम १ लाख ५० हजारसम्म हुनेछ। बी श्रेणीमा राष्ट्रिय खेलाडी तथा यु–१९ खेलाडी समेटिएने छन्।

अक्सनमा उनीहरूको भाउ न्यूनतम ५० हजारदेखि अधिकतम १ लाखसम्म रहने छ। बाँकी सबै अनक्याप्ड खेलाडीलाई सी श्रेणीमा राखिएको छ। उनीहरूको अक्सनमा न्यूनतम मूल्य २५ हजारदेखि अधिकतम ७५ हजारसम्म तोकिएको छ। यस्तै, ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जना खेलाडीहरुलाई डी श्रेणीमा राखिएको छ। उनीहरुको न्यूनतम मुल्य २० हजारबाट सुरु भई ४० हजारसम्म लाग्नेछ।

 लाइभ अपडेट

 


बुधबार ०९, फागुन २०७४ १०:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस