---
Tuesday, December 11 2018, 02:19 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:१९
छ लेन सडकको निर्माण कार्य रोक्ने अन्तरिम आदेश सर्वोच्चद्धारा खारेज, निर्माणको बाटो खुल्यो

मङ्गलबार, ०८ फागुन २०७४| Dinesh Thakulla
छ लेन सडकको निर्माण कार्य रोक्ने अन्तरिम आदेश सर्वोच्चद्धारा खारेज, निर्माणको बाटो खुल्यो

दिनेश ठकुल्ला
धनगढी, फागुन ८ । 

मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य रोक्न भन्दै यसअघि एकल बेञ्चले दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतले मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य रोक्न भन्दै यसअघि एकल बेञ्चले दिएको अन्तरिम आदेश खारेज गरेसगै निर्माण कार्य सुरु गर्न बाटो खुलेको छ ।

आज सर्वोच्च अदालतका न्यायधिस ओम प्रकाश मिश्र र सारदा प्रसाद घिमिरेको सयुक्त बेञ्चले उक्त अन्तरिम आदेश खारेज गरिदिएको छ भने उक्त आदेश जारी नहुने बताएको छ ।

आज एकल बेञ्चले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा भएको बहसमा उक्त आदेश दिईएको सरकार तथा विपक्षी बनाईएको मोहनापुल–अत्तरीया छ लेन सडकको तर्फबाट बहस गर्नुभएका सहन्यायधिवक्ता खेमराज ज्ञवालीले जानकारी दिनुभयो ।

उक्त आदेशसगै निर्माण कार्य रोकिएको छ लेन सडकको निर्माण कार्य सुचारु गर्ने बाटो खुलेको समेत उहाँले बताउनुभयो । 

मोहनापुल–अत्तरीया छ लेन सडकको चौडाई घटाउन माग गर्दै १३ घरधनीहरुले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । त्यसपछि एकल बेञ्चले निर्मार्ण कार्य रोक्न भन्दै अन्तरिम आदेश दिएको थियो ।

त्यसपछिदेखि भन्सारदेखि वोराडाडीसम्म रोकिएको निर्माण कार्य अव सुचारु हुने भएको छ ।

गत पुष १९ गते धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, , महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका थिए ।

सडक सीमानामा घर संरचना परेका १३ जनाले आफुहरुले क्षतीपुर्ती पाउनुपर्ने अन्यथा सडकको सीमाना साढे ८२ फिट बाट ७५ कायम हुनुपर्ने भन्दै पुष १९ गते सर्वोच्चमा रिट निबेदन हालेका थिए ।
 


मङ्गलबार ०८, फागुन २०७४ ०७:२६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस