BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:12 | बिहिबार ०४, असोज २०७५ २१:१२
बुधवारदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

उद्घाटन खेल सुदुरपश्चिमाञ्चल र पश्चिमाञ्चल बिच

मङ्गलबार, ०८ फागुन २०७४| Dinesh Thakulla
बुधवारदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

एफएम सवाददाता
धनगढी, फागुन ८ । 

भोलिदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक जिल्ला खेलकुद विकाश समिति कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।

प्रतियोगिताका सयोजक तथा जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले खेल मैदान लगायतका आवश्यक तयारी पुरा भएको बताउनुभयो ।

प्रतियोगितामा सहभागि हुने टिमहरु साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ धनगढी पुगिसकेका छन ।

भोलिदेखि फागुन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव केशव कुमार विष्टले गर्नुहुने छ ।

भोलिको उद्घाटन खेल आयोजक सुदुरपश्चिमाञ्चल र पश्चिमाञ्चल बिच हुने सयोजक श्रेष्ठले बताउनुभयो । 

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ ।

प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ ।

प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालीका बनाईएको छ ।

धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगिताको लागि सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको छ ।


मङ्गलबार ०८, फागुन २०७४ ०७:२२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस