Latest Nepali pop songs

12:15 PM - 01:00 PM

Wednesday, July 18 2018, 12:19 | बुधबार ०२, साउन २०७५ १२:१९
भाषा आयोग गठनको माग

सोमबार, ०७ फागुन २०७४| Radio Dhangadhi
भाषा आयोग गठनको माग

हरि भट्ट
धनगढी ७ फागुन । धनगढीबाट प्रकाशित हुदै आएको सुदुर चिनारी द्धिमासिक पत्रिकाले भाषा आयोग गठनको माग गरेको छ ।

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम तय गरेको सुदूर चिनारी द्विमासिक पत्रिकाले आज पहिलो दिनमा प्रदेश नं सातमा ’मातृभाषाको अवस्था, विकासको सम्भावना र चुनौती’ विषयक छलफल कार्यक्रम आयोजना गरेको थियो ।

कैलाली जनपुस्तकालयको सभा कक्षमा आयोजित उक्त छलफलमा   भाषा विज्ञहरुको उपस्थिति रहेको थियो । फाल्गुन ९ गते मनाउन गइरहेको मातृभाषा दिवसको अवसरमा आयोजित उक्त छलफल कार्यक्रमले प्रदेश नं सातमा रहेका मातृभाषाको खोज अनुसन्धान र विकासका निमित्त प्रदेश स्तरीय मातृभाषा विकास आयोग गठन गरी ठोस कार्ययोजना अगाडि बढाउन प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रदेश नं सातको पहाडी क्षेत्रमा बोलिने भाषाको भाषा तत्व अध्ययन तथा विकासका निमित्त पहल गर्न सुदूर चिनारी पत्रिकाका प्रधान सम्पादक प्रकाशक एन् के जोशीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति तथा सल्लाहकार समिति गठन गरेको छ ।

सदस्यहरुमा  डा. बद्रीशर्मा विनाडी, डा. देवेन्द्रप्रसाद भट्ट, सह प्राध्यापक डिल्लिराज फुलारा, सह प्राध्यापक जगन्नाथ जोशी, सह प्राध्यापक गणेशराज जोशी, उप प्राध्यापक हरिकृष्ण खडायत, उप प्राध्यापक खगेन्द्रराज ओझा र नारायणी भट्ट रहेका छन ।

यस्तै  सल्लाहकार समिति प्राज्ञ विशुदेव पाण्डेय, प्राज्ञा वाशुदेव भट्ट भाइसाप, प्राज्ञ यज्ञराज उपाध्याय, आचार्य ज्योतिप्रकाश जोशी, साहित्यकार पदमराज जोशी, साहित्यकार रामलाल जोशी, साहित्यकार आर डी प्रभाष चटौट, साहित्यकार यज्ञराज यात्री, साहित्यकार निर्मलकुमार भण्डारी रहनुभएको छ ।

सुदूर चिनारीले फाल्गुन ८ गते डोटेली भाषामा गजल लेखन प्रतियोगिता र फाल्गुन ९ गते मातृभाषा दिवसको दिन बहुभाषिक साहित्यिक गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने साहित्यकार तिर्थ राज भट्टले जानकारि दिनुभयो ।  

   


सोमबार ०७, फागुन २०७४ ०६:२२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस