Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:51 | बिहिबार २७, मङि्सर २०७५ ०५:५१
कसैको दवाव र प्रभावमा परेर अनुचित निर्णय नगर्ने : कानुन मन्त्री शाह

सोमबार, ०७ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी ७ फागुन ।  आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कसैको दवाव र प्रभावमा परेर अनुचित निर्णय नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमबार धनगढीमा सञ्चारकर्मीसग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै मन्त्री शाहले उहाँले सो कुरा बताउनुभयो । मन्त्री शाहले शक्तिको दुरुपयोग समेतनगर्ने प्रतिवद्धता जनाउनुभयो ।

आन्तरीक मामिला तथा कानुन मन्त्री शाहले सात नम्बर प्रदेशको शान्ति सुरक्षा सुदृढ, अपराध, चोरी, तस्करी लगायतका कुरा नियन्त्रणमा विशेष ध्यान दिने बताउनुभयो ।

परिचयात्मक कार्यक्रममा मन्त्री शाहसमक्ष सञ्चारकर्मीले सुरक्षा सुझाव र अपेक्षा राखेका थिए । 


सोमबार ०७, फागुन २०७४ ०६:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस