Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:48 | बिहिबार २७, मङि्सर २०७५ ०५:४८
पहिलो प्रदेश सरकारको पहिलो प्रजातन्त्र दिवश, दीप प्रज्वलन नगरि कार्यक्रमको समापन

सहिदहरुको सपना पुरा हुने भनाई

सोमबार, ०७ फागुन २०७४| Radio Dhangadhi
पहिलो प्रदेश सरकारको पहिलो प्रजातन्त्र दिवश, दीप प्रज्वलन नगरि कार्यक्रमको समापन

हरि भट्ट
धनगढी ७ फागुन ।  जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार ६८ औ प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी प्रदेश नम्बर ७ मा पनि मनाईएको छ ।

पहिलो चोटी गठन भएको प्रदेश सरकारले प्रजातन्त्र दिवश मनाएको हो । प्रजातन्त्र दिवस समारोहमका व्यानर टास गरिएको थिएन भने मञ्चमा दीप राखिएपनि प्रज्वलन नगरि कार्यक्रमको समापन गरेको थियो ।  

प्रजातन्त्र दिवसका अवसरमा बोल्दै प्रदेश नम्बर ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले सहिदहरुको बलिदान बाट नै देश अहिले नयाँ सघिय ब्यवस्थामा गएको बताउनुभयो ।

शहिदहरुले जनताको अधिकार र मुक्तीका लागी जिवनको आहुति दिएका कारण सवै मिली देशमा आर्थिक सम्वृद्धि गनुपर्ने भट्टले बताउनुभयो ।

समावेशी गणतन्त्र नेपाल, धर्मनिरपेक्ष लगायतका अधिकार महान सहिदको योगदानबाट सम्भव भएको उहाको भनाई छ । सिंहदबारको अधिकार जनताको घरदैलोमा पुगेका कारण जनतको भावना भन्दा माथी उठेर सवैले काम गनुर्पे मुख्य मन्त्री भट्टले बताउनुभयो ।

उहाले नेपालमा ३ वटै तहका निर्वाचन सम्पन्न भएका कारण सहिको समानका लागी सविद्यान कार्यावन्य आवश्यक भएको धारणा राख्नुभयो ।

देशमा लामो समय देखी स्थाई सरकार निर्माण नभएका कारण सविद्यानमा अधिकार सुनिश्चित भएपनि ब्यवहारमा लागु नभएको उहाले बताउनुभयो ।

प्रजातन्त्र दिवसका अवसरमा बोल्दै प्रदेश नम्बर ७ का सभामुख अनुर्ज बहादुर थापाले देशमा अब राजनैतिक क्रान्त्ती पुरा भएका कारण अब आर्थिक क्रान्ती गनुपर्न बताउनुभयो ।

जनताले दिएको जिम्मेवारी पुरा गदै आर्थिक क्रान्ती गर्न सककेमा सहिदहरुको सपना पुरा हुने बताउनुभयो । दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको थियो ।

प्रजातन्त्र दिवसका अवसरमा धनगढीको पार्कमोड देखि मुख्य मन्त्रीको कार्यालय सम्म प्रभात फेरिको आयोजना गरिएको थियो ।

प्रभातफेरीमा प्रदेश नम्बर ७ का मन्त्री, प्रदेश सभा सदस्यहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका नेता लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख हरुको सहभागिता रहेको थियो ।

वि.स. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाईने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.स. १९९७ माघमा बलिदानी दिनुभएको थियो ।

प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

वि.स. २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । 
 


सोमबार ०७, फागुन २०७४ ०६:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस