Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:52 | शुक्रबार ०८, असार २०७५ १८:५२
धनगढी प्रिमियर लिगलाई श्री एयरलाइन्सले प्रायोजन गर्ने

आइतबार, ०६ फागुन २०७४| Radio Dhangadhi
धनगढी प्रिमियर लिगलाई श्री एयरलाइन्सले प्रायोजन गर्ने

एफएम संवाददाता
धनगढी ६ फागुन । आगामी चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि आयोजक धनगढी क्रिकेट एकेडेमीले श्री एयरलाइन्ससँग प्रायोजन सम्झौता गरेको छ ।

काठमाडौंमा आईतबार आयोजित कार्यक्रममा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार श्री एयरलाइन्सले धनगढी प्रिमियर लिगलाई १० लाख बराबरको प्रायोजन गर्नेछ । जसमा ७ लाख ५० हजार नगद प्रदान गर्नेछ भने २ लाख ५० हजार बराबरको सेवा उपलब्ध गराउनेछ ।

सम्झौतापछि श्री एयरलाइन्सका अनरेशन डाइरेक्टर गिरीले क्रिकेटले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेको अवस्थामा राष्ट्रिय स्तरको प्रतियोगितामा प्रायोजन गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले यस सम्झौताले आफूले सुरु गरेको प्रतियोगितालाई नयाँ उचाईमा लगेको बताउनुभयो ।

चैत १७ गतेदेखि हुने प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । आयोजकका अनुसार क्रिकेट खेलाडी संघसँगको सहकार्यमा नामावली फाइनल गरी टिमहरुलाई प्रदान गरिएको छ ।

प्रतियोगिताको अक्सन फागुन ९ गते हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता जनाउने छन । प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाईबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र बिराटनगर किङ्स छन् ।

प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । त्यस्तै तेस्रो र चौथो हुने टिमले पनि क्रमसः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

धनगढी क्रिकेट एकेडेमीले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी १ पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउनेलाई अर्जुन खड्का स्मृति सम्मान प्रदान गरिनेछ । दुवै पुरस्कारको राशी १÷१ लाख रुपैयाँ रहेको छ ।
  


आइतबार ०६, फागुन २०७४ ०७:०३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस