Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:51 | शुक्रबार ०८, असार २०७५ १८:५१
कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी

आइतबार, ०६ फागुन २०७४| Radio Dhangadhi
कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी

एफएम संवाददाता
कञ्चनपुर ६ फागुन । कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी देखिएका छन्न ।

जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएको हात्तीपाइले रोग निवारण अभियानका क्रममा यस्ता बिरामी भेटिएका हुन ।

जिल्लामा हात्तीपाइले रोग निवारण अभियान सुरु भएपछि बिरामीको संख्या घट्दै गए पनि अझै ठूलो संख्यामा बिरामी रहेको जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालयले २०६९ देखि नियमित रूपमा हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउँदै आएको छ । अधिकृत जोशीका अनुसार अभियान सुरु भएको पहिलो वर्ष ४ सय १० बिरामी भेटिएका थिए ।

अहिले उक्त संख्या घटेर ८० को हाराहारीमा पुगेको छ । यस वर्ष पनि फागुन १२ देखि १४ सम्म अभियान सुरु गरिने जनस्वास्थ्यले जनाएको छ । 


आइतबार ०६, फागुन २०७४ ०६:५१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस