Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:50 | शुक्रबार ०८, असार २०७५ १८:५०
उपसभामुखमा निर्मला जोशी चयन

आइतबार, ०६ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी ६ फागुन । प्रदेश नम्वर ७ को उपसभामुखमा वाम गठबन्धन वाट माओवादी केन्द्रकी सांसद् निर्मला जोशी चयन हुनुभएको छ ।

उपसभामुखमा एक्लो उम्मेद्वारी परेपछि जोशीलाई आईतबार बसेको प्रदेश सभाको बैठकले निर्विरोध चयन गरेको हो् । सभामुख अर्जुन बहादुर थापाले जोशीलाई उपसभामुखमा निर्विरोध भएको घोषणा गर्नुृभयो ।

यसका साथै सभामुख थापाले उपसभामुख जोशीलाई आजै पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ भने उपसभामुखम जोशीले आजै पदभार पनि ग्रहण गर्नुभएको छ ।

शनिवार बसेको माओवादी केन्द्र, ७ नम्बर प्रदेश कमिटि र जिल्ला इन्चार्जको बैठकले जोशीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

वामगठबन्धन बिच भएको सहमती अनुसार ७ नम्बर प्रदेशमा सभामुख एमालेलाई र उपसभामुख माओवादी केन्द्रले लिने सहमती भएको थियो ।

एमालेले सभामुख र माओवादीले उपसभामुख लिने भागबण्डाका आधारमा सभामुख यसअघि नै चयन भइसकेका छन् ।

प्रदेश सभामुखमा यसअघि नै एमालेका अर्जुन थापा चयन भइसक्नुभएको छ ।
 


आइतबार ०६, फागुन २०७४ ०६:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस