BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:07 | बिहिबार ०४, असोज २०७५ २१:०७
प्रदेश ७ : यि हुन पहिलो मन्त्री परिषदको बैठकले गरेका निर्णय (सुचीसहित)

आइतबार, ०६ फागुन २०७४| Dinesh Thakulla
प्रदेश ७ : यि हुन पहिलो मन्त्री परिषदको बैठकले गरेका निर्णय (सुचीसहित)

दिनेश ठकुल्ला
धनगढी, माघ ६ । 

भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउने प्रदेश ७ को पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउने र सुसाशनमा जोड दिने निर्णय गरेको आजै प्रदेश सरकारको प्रवक्तामा नियुक्त हुनुभएका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताउनुभयो ।

सरकारले सात नम्बर प्रदेशमा सञ्चालनमा ल्याएका राष्ट्रिय गौरव आयोजनालाई पनि समयमै र गुणस्तरीयता कायम गर्दै सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यसका लागि केन्द्र सरकारलाई आग्रह गर्ने र प्रदेश स्तरीय एक अनुगमन समिति पनि गठन गर्ने निर्णय भएको प्रवक्ता तथा आन्तरीक मामिला तथा कानुन मन्त्री शाहले जानकारी दिनुभयो । 

कृषिको उत्पादकत्व बढाउनका लागि माटो परिक्षणका लागि सरकार र स्थानीय तहसग समन्वय गर्ने पनि निर्णय भएको छ । सात नम्बर प्रदेशमा रहेको पर्यटकीय स्थलको पहिचान गर्दै त्यसको सरक्षण र सम्बर्धन गर्ने पनि मनत्री परिषदको बैठकले निर्णय गरेको शाहले बताउनुभयो । 

सुचना प्रविधि र विद्युतिय सुसासनमा जोड दिने निर्णय गरेको मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्रस्तात गरिएका प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकारको कार्यसम्पादन नियमावली र केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावलीलाई पनि स्वकृत गरेको छ ।

बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ । 


आइतबार ०६, फागुन २०७४ ०५:२१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस