BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:12 | बिहिबार ०४, असोज २०७५ २१:१२
प्रदेश ७ का सातै मन्त्रीद्धारा पदभार ग्रहण, नमुना प्रदेश बनाउने मुख्यमन्त्रीको घोषणा

आइतबार, ०६ फागुन २०७४| Dinesh Thakulla
प्रदेश ७ का सातै मन्त्रीद्धारा पदभार ग्रहण, नमुना प्रदेश बनाउने मुख्यमन्त्रीको घोषणा

दिनेश ठकुल्ला
धनगढी ६ माघ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पदभार ग्रहण गर्नुभएको छ ।

शनिवार प्रदेश प्रमुख मोहनराज मल्ल बाट प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनुभएको भट्टले आज मुख्य मन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

भट्टलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कर्मचारीले स्वागत गरेका थिए भने सलामी पनि दिईएको थियो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको हो ।

पदभार ग्रहणपछि पत्रकारसग कुराकानी गर्दै मुख्यमनत्री भट्टले सात नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा समेत गर्नुभएको छ ।

पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री भट्टले सेती अञ्चाल अस्पतालमा छडके अनुगमन समेत गर्नुभएको छ । मुख्य सविच लक्ष्मीराम पौडले सहितलाई लिएर मुख्यमन्त्री अस्पतालको छडके अनुगमनमा जानुभएको हो ।

सो क्रममा उहाँले गुणस्तरीय सेवा प्रदान गर्न तथा अस्पताललाई सरसफाई राख्न कर्मचारीलाई निर्देशन दिनुभयो । भौतिक पूर्वाधार विकाशका साथै रिक्त कर्मचारीको दरबन्दी पुरा गर्नका लागि पहल गर्ने बताउनुभयो ।

यस्तै, सात नम्बर प्रदेशमा मनत्रीले पनि आज पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला र कानुन मन्त्री प्रकाश बहादुर शाहले साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा पदभार ग्रहण गर्नुभयो ।

त्यस्तै, सामाजिक बिकास मन्त्री दीर्घ सोडारी,  भौतिक पूर्वाधार मन्त्री पठानसिह बोहरा, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री माया भट्ट, आर्थिक तथा योजना मन्त्री झपट बोहरा र भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले पनि आजै पदभार ग्रहण गर्नुभएको छ ।

वडा प्रहरी कार्यालय नजिक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवनमा सामाजिक विकास मन्त्रालय, साविकको क्षेत्रीय सिँचाइ निर्देशनालयको भवनमा भौतिक पूर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय, साविकको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र साविकको क्षेत्रीय वन निर्देशनालय र तालिम केन्द्रको भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तोकिएको छ । 
 


आइतबार ०६, फागुन २०७४ ०३:२३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस