---
Friday, September 20 2019, 22:43 | शुक्रबार ०३, असोज २०७६ २२:४३
दशगजा कपको आयोजना हुने

शनिबार, ०५ फागुन २०७४| Radio Dhangadhi
दशगजा कपको आयोजना हुने

एफएम संवाददाता
कञ्चनपुर ५ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सर्वाधिक धनराशिको दशगजा कपको आयोजना हुने भएको छ ।

आयोजक सुदूरपश्चिम फुटवल एकेडेमीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता फागुन १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने आयोजक सुदूरपश्चिम फुटवल एकेडेमीका अध्यक्ष सुरेश अधिकारीले बताउनुभयो ।

प्रतियोगिताको विजेताले २ लाख नगद सहित ट्रफी पाउने छ भने उपविजेताले १ लाख रुपैयाका साथै ट्रफी प्राप्त गर्ने छ ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोल रक्षक, रक्षक, फरवार्ड, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई ५÷५ हजार पुरुस्कार प्रदान गरिने क्लवका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक खेलको म्यान अफ द म्याचका लागि १ हजार ५ सय रुपैयाको व्यवस्था गरिएको छ । फागुन १० गतेसम्म टिम दर्ता गर्ने अन्तिम मिति रहेकोमा हालसम्ममा ८ वटा टिम दर्ता भईसकेको जनाईएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । खेल पुनर्वास नगरपालिका ११ मा रहेको राष्ट्रिय माविको खेल मैदानमा हुने छ ।


शनिबार ०५, फागुन २०७४ ०७:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस