Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:33 | सोमबार ११, असार २०७५ २१:३३
डिभिजन टू : क्यानडामाथि नेपालकाे सनसनीपूर्ण जित

हारको अवस्थामा पुगिसकेको नेपाललाई करण केसीले अन्तिम बलसम्म खेलेर ४२ रन बनाउँदै जित दिलाए

बुधबार, ०२ फागुन २०७४| Hari Joshi
डिभिजन टू : क्यानडामाथि नेपालकाे सनसनीपूर्ण जित

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ। 

विन्डोकस्थित एफिज पार्क मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

हारको अवस्थामा पुगिसकेको नेपाललाई करण केसीले अन्तिम बलसम्म खेलेर ४२ रन बनाउँदै जित दिलाए। ३१ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गर्दै निर्णायक जित दिलाएका हुन्। करणलाई क्रिजमा सन्दिप लामिछानेले अन्तिमसम्म साथ दिए। यद्यपी सन्दिपले गतिलो व्याटिङ गर्न सकेनन्। १८ बल खेलेका उनले मात्र ५ रन बनाए। 

सुरुमै उपकप्तान ज्ञानेन्द्र मल्ल (९) र कप्तान पारस खड्कालाई (०) मा गुमाएर दबाबमा परेको नेपालको इनिङ ओपनर दिलीप नाथले उकासेका थिए। ६८ बल खेलका दिलीपले ५ चौकासहित ४१ रन बनाए। रोहित पौडेलले २७ र आरिफ शेखले २६ रन जोडे। दिपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा नेपालले सोमपाल कामीले ७ र शरद भेष्वाकर १ रनमा गुमायो।

बलिङतर्फ सी पेरेभेजले ३, एन दत्त र साद विन जफरले समान २ तथा एसएस डिन्डसा र डी हेलिगरले १–१ विकेट लिए।

यसअघि टस हारेर व्याटिङमा आएको क्यानडाका लागि एस विजेरत्ने सर्वाधिक १०३ रन बनाए। १५२ बल खेलेका उनले ८ चौका प्रहार गरे। हम्जा तारिकले २४, एसएस डिन्दसाले नटआउट १८, साद विन जफर १०, आर गुनसेकेराले ९ रन जोडे। अन्य ब्याट्सम्यान चल्न सकेनन्।

बलिङतर्फले नेपालका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। सन्दिप लामिछानेले २ विकेट लिँदा करण केसी र शरद भेष्वाकरले समान १ विकेट झारे। 

आजको खेलमा नेपाललाई हारबाट जोगाउने करण केसी म्यान अफ द म्याच घोषित भए। 

जितसँगै नेपालले २०१९ को विश्वकप छनोट खेल्न पाउने भएको छ।


बुधबार ०२, फागुन २०७४ १०:०१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस