---
Wednesday, February 21 2018, 03:04 | बुधबार ०९, फागुन २०७४ ०३:०४
भट्टद्धारा मुख्यमन्त्रीमा दावी पेश : बिहिबार नियुक्ति, फागुन ५ गते सपथ

बुधबार, ०२ फागुन २०७४| Dinesh Thakulla
भट्टद्धारा मुख्यमन्त्रीमा दावी पेश : बिहिबार नियुक्ति, फागुन ५ गते सपथ

प्रदेश प्रमुख मोहनराज मल्ललाई मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गर्दे नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट ।

दिनेश ठकुल्ला
धनगढी २ फागुन ।
 प्रदेश नं. ७ को मुख्यमन्त्रीका लागि बाम गठबनधनले संयुक्त रुपमा दावी पेश गरेको छ ।

माओवादी केन्द्रका ससदीय दलका नेता, डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सिफारिस गर्दै दुवै दलले बुधबार प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष बहुमत सासदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन ।

यसअघि बुधबार विहान बसेको सर्वदलिय बैठकमा प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनीधित्व गर्ने कुनै पनि दलको स्पष्ट वहुमत रहेको नदेखिएकोले धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आव्हान गरेको थियो ।

सो धारा अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन स्पष्ट देखिने गरेर मुख्यमन्त्रीको पदमा नियुक्त हुन प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्नुपर्ने थियो ।

सोही अनुसार प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री पदमा नियुक्त हुनका लागि दावी पेश गर्न आब्हान गरे लगत्तै हस्ताक्षर गर्न थालेका एमाले र माओवादी केन्द्रका सासदहरुले दिउसो ४ बजे मुख्यमन्त्रीमा सयुक्त दावी पेश गरेका हुन ।

एमाले र माओवादीका ३७ जना सासदको हस्ताक्षर सहित दावी पेश गरिएको मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएका माओवादी केन्द्रका सासद त्रिलोचन भट्टले जानकारी दिनुभयो ।

सात नम्बर प्रदेशमा एमालेका २५ तथा माओवादी केन्द्रका १४ जना सासद गरि ३९ जना सासद रहेपनि ३७ जनाले मात्रै दावी पत्रमा हस्ताक्षर गरेका छन ।

अछामका सासद हर्क बहादुर कुवर र दार्चुलाका सासद निर्मला बडालले भने दावी पत्रमा हस्ताक्षर गर्नुभएको छैन । उहाँहर दुवै जना धनगढी बाहिर रहेको र धनगढी आएपछि हस्ताक्षर गर्ने जनाईएको छ ।

मुख्यमन्त्रीको दावेदारी पत्रमा सांसदहरुले गरेको हस्ताक्षर

बाम गठबन्धनले संयुक्त रुपमा दावी पेश गरेसगै प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री चयनको प्रक्रियालाई अगाढी बढाउने भएको छ । आज दावी पेश गर्नुभएका त्रिलोचन भट्टलाई भोलि मुख्यमन्त्रीको नियुक्ति दिईने र फागुन ५ गते सपथ ग्रहण गराईने प्रदेश प्रमुख कार्यालयका उपसचिव हिरालाल चौधरीले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै माओवादी सासद भट्टले आफुले पाएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताउनुभयो ।

मुख्यमन्त्रीसगै ३ सदस्यीय मन्त्री मण्डल गठन गर्ने तयारी पनि बाम गठबनधनले गरेको छ । त्यसबारेमा छलफल चलिरहेको र कसलाई मन्त्री बनाउने भन्ने कुराको टुङगो भने लागि सकेको छैन । 

मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्न जाँदै गरेका मुख्यमन्त्रीका दाबेदार भट्ट सहितका एमाले र माओबादीका नेताहरु


बुधबार ०२, फागुन २०७४ ०६:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस