---
Saturday, October 20 2018, 23:42 | शनिबार ०३, कार्तिक २०७५ २३:४२
झ्याइँ पार्दै छवि र शिल्पा

बुधबार, ०२ फागुन २०७४| Radio Dhangadhi
झ्याइँ पार्दै छवि र शिल्पा

छविराज ओझा नेपाली चलचित्र क्षेत्रका चर्चित निर्माता हुन् । ०४६ मा चलचित्र ‘युगदेखि युगसम्म’ निर्माण गरेयता उनले थुपै्र कलाकारलाई चलचित्रमा डेब्यु गराए । उनले नै डेब्यु गराएका राजेश हमाल, रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाए । ‘हिरो’ चलचित्रबाट आफैँले डेब्यु गराएकी नायिका रेखा थापासँग उनले तेस्रो बिहे गरे । तर, १५ वर्षमै उनीहरूले सम्बन्धविच्छेद गरे । १९ वर्षकै उमेरमा पहिलो विवाह गरेका छविको वैवाहिक जीवन सफल देखिँदैन । पहिलो विवाह १० वर्षमै टुंंगियो । त्यसपछि उनले नायिका गीताञ्जलीसँग दोस्रो विवाह गरे । गीताञ्जलीसँगको सम्बन्ध पनि दिगो बनेन । उनले आत्महत्या गरेर संसारबाट बिदा भइन् ।

पछिल्लो समय छवि आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो विवाह गर्ने तयारीमा छन् । शिल्पालाई पनि उनले नै चलचित्र ‘लज्जा’बाट डेब्यु गराएका हुन् । त्यतिवेलैदेखि उनीहरूको अफेयरको हल्ला चल्न थालेको हो । ‘लज्जा’ रिलिज हुने समयमा पनि शिल्पा आफैँले पनि विवाहको हल्ला चलाइन् । अहिले पनि छविले निर्माण गरेको र शिल्पाले अभिनय गरेको चलचित्र ‘मंगलम्’ प्रदर्शनको तयारीमा छ । त्यसकारण योपटक पनि उनीहरूले चलचित्र प्रमोसनका लागि स्टन्ट गरेको धेरैको अनुमान छ । तर, उनीहरू साँच्चिकै बिहे गर्ने पक्का भएको बताउँछन् । ‘त्यतिखेर हामीले जानीजानी झुटो हल्ला चलाएका थियौँ, तर अहिले बिहे गर्ने छिनोफानो भइसक्यो’, शिल्पाले भनिन्,‘छविजीले मेरो बुवाआमासँग भेटेर कुरा गरिसक्नुभयो । परिवारको सहमतिमा बिहे गर्दै छौँ ।’ गतवर्ष नै आफूहरू विवाह गर्न लागेको, तर ज्योतिषीले नगर्न सल्लाह दिएका कारण रोकिएको उनले बताइन् ।

छविजीको ज्यान बूढो मन पूरै तन्नेरी (शिल्पा पोख्रेल, अभिनेत्री)

 मेरो जन्म विराटनगरमा भएको हो । १५ वर्षसम्म त्यहाँ बसेँ । एसएलसी उत्तीर्ण भएपछि ब्युटिसियनको तालिम लिएर ब्युटिसियन बन्ने उद्देश्यले काठमाडौं आएँ । मेरी ममीलाई एकजनाले बहिनी बनाउनुभएको थियो । उहाँलाई मामा भन्थेँ । उहाँ चलचित्र क्षेत्रको हुनुहुन्थ्यो । उहाँले मलाई ‘घरबेटी बा’ चलचित्रमा अभिनय गछ्र्यौ भन्नुभयो । तर, त्यतिवला मलाई कोरियोग्राफर बन्ने इच्छा थियो । ब्युटिसियनका साथै राम्रोसँग नृत्य सिक्छु, त्यसपछि कोरियोग्राफर बन्छु भन्ने सोचेकी थिएँ । तर, कहाँ जाने, यो क्षेत्रमा कसरी प्रवेश गर्ने भन्ने माध्यम नै थाहा थिएन । यही वेलामा ‘घरबेटी बा’को कुरा आयो । मेरो पहिलो खुड्किलो यही नै हुन्छ होला भन्ने सोचेँ र फिल्म खेल्ने निधो गरेँ । त्यसैवेला मलाई पूर्ण राईको हल्काहल्का भन्ने गीतमा मुजुरा नृत्य गर्नुपर्ने थियो । म नृत्यमा निकै रुचि राख्ने मान्छे । त्यसैले नृत्यका लागि सहमति जनाएँ । त्यहाँबाट मैले म्युजिक भिडियोमा अभिनय सुरु गरेको, हालसम्म एक सय ५० म्युजिक भिडियोमा अभिनय गरिसकेँछु । यसरी अभिनयमा लागेपछि यसको भूत चढ्यो । ब्युटिसियन र कोरियोग्राफर बन्ने सपना तुहियो ।

चलचित्र निर्माता छविराज ओझाको वैवाहिक जीवन सुखद छैन । १९ वर्षको उमेरमा पहिलो बिहे गरे, तर १० वर्षमै पत्नीसँग छुट्टिए । अभिनेत्री गीताञ्जलीसँग दोस्रो बिहे गरे, उनी आत्महत्या गरेर संसारबाट बिदा भइन् । नायिका रेखा थापासँग गरेको तेस्रो विवाह पनि १५ वर्षमै विच्छेद भयो । अब आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो बिहे गर्ने तयारीमा छन् छवि ।

 

कक्षा १२ अझै पास गरेकी छैन

एसएलसी दिनेबित्तिकै काठमाडौं आएकी हुनाले कलेज अध्ययन गर्नुपर्ने बाध्यता पनि थियो । तर, म विराटनगरमा नै कक्षा ११ मा भर्ना भएँ । काठमाडौंमा प्राइभेट पढेँ । धेरैजसो अभिनयमा नै व्यस्त रहनुपरेकाले पढाइमा त्यति ध्यान दिन सकिएन । जसले गर्दा कक्षा १२ पास गर्न अझै पनि सकेकी छैन । यसरी कक्षा १२ मा फेल भएपछि मेरो ध्यान अभिनयतिर नै जान थाल्यो ।

पहिलोपटक छविजीलाई भेट्न ममी लिएर गएँ

मैले मिलन अमात्यको ‘हतियार बनायौ’ भन्ने गीतको भिडियोमा अभिनय गरेकी थिएँ जुन भिडियोको प्रोमो बिहान–बिहान टेलिभिजनमा बज्थ्यो । त्यो भिडियो छविजीले पनि हेर्नुभएको रहेछ । उहाँले पनि मलाई ‘वाच’ गरिरहनुभएको रहेछ । त्यस्तै, शंकर बिसी दाइसँग मैले अञ्जु पन्तको ‘म हारेँ’ भन्ने गीतको भिडियोमा अभिनय गर्ने मौका पाएँ । म प्रायः गीतहरूमा आफैँ भावनामा डुबेर आँसु निकाल्ने प्रयास गर्छु । त्यो देखेर शंकर बिसीले छविजीलाई एकदमै राम्रो अभिनय गर्ने केटी छ, तपाईंलाई नायिका चाहिएको रहेछ भन्नुभएछ । छविजीलाई चाहिँ ‘लोफर’ चलचित्रका लागि नायिका चाहिएको रहेछ । त्यसपछि छविजीले मलाई बोलाउनुभयो । म ममीलाई लिएर भेट्न गएँ ।

मलाई शंकरदाइले छविजीले चलचित्र बनाउन लाग्नुभएको छ, जान्छ्यौ त भन्दा मैले छवि भनेको को हो भनेर सोधेकी थिएँ । किनभने त्यहाँभन्दा पहिला मैले उहाँको नाम सुनेकी पनि थिइनँ । मैले त्यसो भनेको सुनेपछि शंकरदाइ छक्क परेर त्यत्रो चलचित्र बनाउने मान्छे थाहा छैन भनेर गाली गर्नुभएको थियो । अनि मैले अझै पनि नचिनेपछि उहाँले रिसाएर रेखा थापाको बुढो भनेर चिनाउनुभएको थियो । त्यसपछि चाहिँ चिनेँ ।

पहिलोपटक भेट्दा गफाडीजस्तो लाग्यो

पेनड्राइभमा मैले अभिनय गरेका म्युजिक भिडियो र फोटोहरू लिएर गएकी थिएँ, त्यो छविजीलाई देखाएँ । उहाँले सबै हेर्नुभयो अनि ‘लोफर’मा सानो भूमिका छ, हामीले ‘लज्जा’ भन्ने मुभी बनाउँदै छौँ, ४ महिनापछि बोलाउँछौँ भन्नुभयो । मलाई विश्वास लागेन । फेरि मैले फिल्म इन्डस्ट्रीका मानिस गफाडी हुन्छन् भन्ने पनि सुनेकी थिएँ । जसले गर्दा छविजी पनि गफाडी हुनुहुँदो रहेछ भन्ने सोचेँ ।

भेट्न बोलाएपछि बिरामी भएको बहाना बनाएँ

त्यसवेला म म्युजिक भिडियोमा एकदमै व्यस्त थिएँ । जसले गर्दा मलाई त्यो चलचित्रको कुनै चाहना नै भएन । तर, चार महिनापछि छविजीको फोन आयो । उहाँले ‘लज्जा’ चलचित्रको निर्देशक आउनुभएको छ एकपटक भेट्नुहुन्छ कि भन्नुभयो । तर, मैले बिरामी भएको बहाना बनाएँ । किनभने मलाई चलचित्रमा अभिनय गर्नु थिएन । पहिला नै चार महिनापछि भनेर पठाइसकेको मान्छे फेरि पनि चार महिनापछि बोलाउने होला, गफ मात्रै बढी हो कि भन्ने लाग्यो । उहाँले मलाई भोलिपल्टका लागि बोलाउनुभयो । मैले बहाना बनाएको भन्ने बुझ्नुभएछ क्यारे ममीबुवालाई लिएर आउँदा हुन्छ भन्नुभयो । त्यसपछि मान्छे ठिकै रहेछ भन्ने लाग्यो । पर्सिपल्ट भेट्न गएँ । त्यही दिन उहाँहरूले मलाई एउटा डायलग बोल्न दिनुभयो । त्यसपछि निर्देशकले डायलग राम्रो लाग्यो फाइनल गरिदिनुस् भनेर निर्देशक नवलदाइले छविजीलाई भन्नुभयो । त्यसपछि लज्जामा अभिनय गर्ने निधो गरेँ जुन मेरो डेब्यु चलचित्र थियो ।

छविजीले तिमी मनपर्छ भन्दा मैले मजाक बनाएँ

चलचित्रमा अभिनय गर्दै जाँदा छविजीसँगको सम्बन्ध पनि बाक्लिँदै गयो । मेरो सबैसँग जिस्किने बानी थियो । यसरी छविजीसँगै काम गर्दै जाने क्रममा ‘लज्जा’ चलचित्र रिलिज हुनुभन्दा अलिकति अगाडि छविजीले मलाई तिमी एकदमै मनपर्छ भन्नुभएको थियो । अनि मैले पनि हो र ‘थ्यांक यू’ भन्दिएकी थिएँ । मैले त्यसलाई मजाकको रूपमा लिएँ । तर, उहाँले चाहिँ सिरियस्ली लिनुभएको रहेछ ।

छविजी र रेखाजीलाई पुनर्मिलन गराउन निकै कोसिस गरेँ, तर सकिनँ

यसरी उहाँले मलाई मन पराउँछु भनेपछि मैले पनि धेरै कुरा सोच्न थालेँ । किनभने उहाँकै ब्यानरमा १२ वर्ष अभिनय गरेकी रेखा थापा र उहाँ छट्टाछुट्टै बस्नुहुन्छ भन्ने थाहा थियो । कतिपय मानिसले उहाँलाई भेट्न आउँदा रेखाको नराम्रो बानी बताउँथे । अनि रेखासँग गएर छविजीको नराम्रो कुरा सुनाउँथे । जुन कुरा मैले थाहा पाएँ । अनि मैले छविजीलाई धेरै सम्झाएँ । उहाँलाई रेखासँग १२ वर्षको सम्बन्ध भनेको कुनै जोक होइन, तपाईंहरू दुईजनाको एक–अर्कालाई भित्री कुरा सबै थाहा भइसकेको छ ।

त्यसैले उहाँसँगै जीवन बिताउँदा राम्रो हुन्छ भनेर धेरै सल्लाह पनि दिएकी थिएँ । यसरी छविजी र रेखाजीको पुनर्मिलन गराउन निकै कोसिस गरेँ । तर, उहाँले मान्नुभएन । यहीक्रममा उहाँले मलाई रेखाजीको सबै बानी भन्नुभयोे । मैले पनि उहाँको बानी बिस्तारै बुझ्दै गएँ । त्यसपछि मलाई पनि मान्छे त छविजी राम्रै हुनुहुन्छ, तर किन रेखाजीले छाडेर गएको होला भन्ने लाग्न थाल्यो ।

अब रेखासँग पुनर्मिलन हुँदैन

हाम्रो बिहेको कुरा चल्नुभन्दा पहिला उहाँको रेखाजीसँग पुनर्मिलन होस् भन्ने धेरै चाहना थियो । तर, अबचाहिँ त्यस्तो चाहना राख्दिनँ । किनकि अब उहाँ रेखासँग नजिकिनुभयो भने मलाई गाह्रो पर्छ । किनकि हाम्रो विवाहको बारेमा बुवाममीसँग पनि कुरा पुगिसक्यो । फेरि मैले धेरै सोचेर बुवाममीसामु छविसँगको विवाहको कुरा पु¥याएकी हुँ । छविजीलाई अझै पनि रेखाजीको माया छ र मलाई नखुलाएको हो भने मसँग विवाह नगर्दा हुन्छ । तर, अब छविजीको रेखासँग पुनर्मिलन हुँदैन भन्नेमा पनि ढुक्क छु ।

रेखा र छविजीको फोनमा कुरा हुन्छ

 यति हुँदाहुँदै पनि छवि र रेखाजीको अहिले पनि कुनैकुनै वेला फोनमा कुराकानी हुन्छ । उहाँले रेखाजीलाई अहिले पनि व्यावसायिक रूपमा निकै सहयोग गर्नुहुन्छ । पर्सनलभन्दा पनि व्यावसायिक कुरा नै हुने गरेको सुन्छु । यसरी प्रोफेसनल ढंगले कुराकानी हुँदा मेरो कुनै पनि गुनासो छैन । उहाँले रेखासँग कुरा गर्दा म सँगै हुन्छु । रेखालाई त मैले केटाकेटीजस्तो हुर्काएर यहाँसम्म ल्याएको हुँ । त्यसैले म उसलाई व्यावसायिक रूपमा साथ दिन्छु, तर व्यक्तिगत जीवनबाट भने म उसबाट टाढा भइसकेँ भन्नुहुन्छ ।

मलाई छविजीको हरेक पक्ष मन पर्दैै गयो

चलचित्रमा काम गर्दै जाँदा ‘हवल्दार सुन्तली’को अभिनय गर्ने वेलासम्म पुग्दा उहाँले मलाई माया गर्नुहुन्छ भन्ने लाग्न थाल्यो । त्यसवेलासम्म मैले पनि उहाँलाई राम्रोसँग बुझ्ने मौका पाएँ । यसरी मलाई छविजीको हरेक पक्ष राम्रो लाग्न थाल्यो । मान्छे राम्रो लागेपछि मन पनि मिलिहाल्दोरहेछ । अनि हामी दुई एक–अर्कालाई माया गर्न थाल्यौँ ।

जब विवाहको प्रस्ताव राख्नुभयो…

यसरी दुवैजना मायामा डुब्दै गएपछि गत वर्ष किस्मत–२ चलचित्रको समयमा छविजीले विवाहको प्रस्ताव राख्नुभयो । गम्भीर भएर ‘म तिमीलाई साँच्चिकै माया गर्छु, मसँग विवाह गछ्र्यौ’ भन्नुभयो । मैले सोच्नुपर्छ भनेँ ।

ममीले ३० वर्ष जेठो भनेपछि झसंग भएँ

यसरी छविजीले मलाई विवाहको प्रस्ताव राखेपछि मैले घरमा गएर ममीसँग कुरा गरेँ । ममी छक्क पर्नुभयो । ममीले तँभन्दा छवि कति वर्ष जेठो छ थाहा छ तँलाई भन्नुभयो । ममीले विवाह गर्ने भनेको कुनै जोक होइन, छविजी तँभन्दा ३० वर्ष जेठो हुनुहुन्छ भन्नुभयो । एकछिन त म झसंग भएँ ।

छविलाई भेटेपछि बुवाममीको आँखाभरि आँसु

ममीले छविजीको उमेरबारे बताउनुभयो । त्यसपछि भोलिपल्ट फेरि अफिस गएँ । छविजीले के सोच्नुभयो त भन्नुभयो । मैले ममीबुवासँग सल्लाह गरेको छैन भनेर झुट बोलेँ । एक हप्तासम्म यसरी नै टारेँ । उहाँले एक हप्तापछि फेरि सोध्नुभयो । यसका साथै फेरि उहाँले ‘म त तपाईंसँग विवाह गर्ने कुरामा गम्भीर छु, विवाह गर्ने भए गरौँ’ भन्नुभयो । मैले ‘हुन्छ फेरि म एकपटक राम्रोसँग कुरा गर्छु’ भनेँ । फेरि घरमा गएर ममीसँग ‘म त छविसँग बिहे गर्छु, उमेरले केही फरक पर्दैन, मान्छे राम्रै छ, ठिकै छ मलाई त राम्रै लाग्छ’ भनेँ । ममीले ‘तेरो जिन्दगी हो, तँ आफैँ सोच’ भन्नुभयो ।

मैले ‘सोचिसकेँ, तपाईंहरूको निर्णय मात्र कुरेकी हुँ’ भनेँ । त्यसपछि बुवाममीले नै ‘ठिकै छ नि त उसो भए छविजीलाई बोला न त, हामी पनि कुरा गर्छौँ’ भन्नुभयो । अनि मैले छविजीलाई खाना खाने गरी बोलाएँ । छविजी मेरो घरमा आउनुभयो । मचाहिँ केही कामले २–३ घन्टा बाहिर निस्किएँ । घर आउँदा छविजी निस्किसक्नुभएको रहेछ । ‘छविजीसँग के कुरा भयो त’ भनेर ममीलाई सोधेँ । उहाँले ‘मान्छे त ठिकै हो, तर उमेरले त गाह्रो बनाउँछ, एकपटक अझै पनि सोच’ भन्नुभयो । त्यसवेला बुवाममीको आँखाभरि आँसु भरिएको थियो । त्यसपछि मलाई पनि गाह्रो भयो ।

बुवाममीले स्वीकृति दिइसक्नुभयो, अब विवाह गर्छौँ

त्यसपछि मैले बुवाममीलाई सम्झाउँदै ‘मलाई यही क्षेत्रमा जिन्दगी बिताउनु छ, मलाई चलचित्रको नराम्रोसँग लत लागिसकेको छ, अब म यो क्षेत्र छाडेर कहीँ पनि जान सक्दिनँ, म यही इन्डस्ट्रीमा केही गर्न चाहन्छु’ भनेँ । ‘चलचित्र क्षेत्रमा कस्ताकस्ता नराम्रा मानिस छन्, तर हात थाम्ने एकजना मान्छे त चाहिन्छ नि, त्यसैले मलाई सहारा दिने मान्छे छ भने म उसैसँग बिहे गर्छु’ भनेँ । त्यसपछि बुवाममीले ‘तँलाई जे उचित लाग्छ त्यही गर’ भनेर स्वीकृति दिनुभयो । त्यसैले अब विवाह गर्छौँ ।

गत वर्ष ज्योतिषीका कारण विवाह भएन

हाम्रो एकजना गुरु हुनुहुन्छ । उहाँलाई घरमा बोलाएर ज्योतिष हेरायौँ । उहाँले ‘अहिले विवाह गर्न राम्रो छैन, राम्रो समय आएपछि आफैँ भन्छु’ भनेर भन्नुभयो । यसरी ज्योतिषीकै कारण गत वर्ष हाम्रो विवाह नभएको हो । तर, बुवाममी मेरो विवाहका लागि तयार भइसक्नुभएको छ ।

लज्जा प्रमोसनको वेला विवाहको हल्ला चलाएकै हो

जतिवेला चलचित्र रिलिज डेट नजिकिँदै जान्छ, तब हाम्रो विवाहको हल्ला पनि चल्दै जान्छ । कतिपयले त ‘दर्शकको ध्यान आफ्नो चलचित्रतर्फ खिच्नका लागि विवाहको चर्चा बाहिर ल्याएका हुन्’ पनि भने । तर, त्यस्तो होइन । हामीले ‘लज्जा’ चलचित्रको प्रमोसनका लागि चाहिँ छवि र मेरोबीचको विवाहको हल्ला जानीजानी चलाएका थियौँ । तर, त्यसवेलामा मैले निर्माता र नायिकाको सम्बन्धको रूपमा मात्र लिएकी थिएँ । उहाँले चाहिँ ‘म मन प¥यो’ भन्नुभएको थियो । उहाँ सिरियस हुनुभएको रहेछ । मैलेचाहिँ हावामा उडाइदिएकी थिएँ ।

छविले गल्ती सुधार्नुभयो भने हाम्रो सम्बन्धविच्छेद हुँदैन

छविजीले अहिलेसम्म तीनवटी श्रीमतीसँग जीवन बिताइसक्नुभएको छ । रेखाजीसँग सम्बन्धविच्छेद भएको कुरा त अझै पनि ताजै छ । तर, अब छविजीको जीवनमा म जाँदै छु । त्यसैले कतिपयले मेरो र छविको सम्बन्ध दिगो होला र भन्ने शंका पनि गर्छन् । त्यो स्वाभाविक नै हो । तर, म छविको श्रीमती भएर गइसकेपछि मेरोतर्फबाट मैले निभाउनुपर्ने भूमिका राम्रोसँग पूरा गर्छु । उहाँले पनि विगतमा के कारणले श्रीमतीसँग छुट्टिएर बस्नुप¥यो, के कारणले मनमुटाव भयो, आफूले के गल्ती गरेँ, के कारणले श्रीमतीहरू टाढा भए भन्ने कुरा राम्रोसँग सोच्नुपर्छ । यसरी उहाँले नकारात्मक पक्षलाई सोचेर सुधार्नुभयो भने उहाँको र मेरो सम्बन्ध दिगो रहन्छ जस्तो लाग्छ । त्यसैले मैले अहिले पनि उहाँलाई राम्रोसँग सोच्नुस् भनिरहेकी छु ।

उहाँको मन मेरो जस्तै तन्नेरी

छविजी र मेरो विवाहको कुरा चल्न थालेपछि बुवाममीले ‘३० वर्षको उमेर फरक छ’ भन्दा मेरो मनमा चिसो पसेको थियो । तर, मैले छविजीलाई भित्रैबाट बुझेकी छु । उमेरमा जति नै फरक भए पनि सबैसँग घुलमिल हुन सक्ने उहाँको बानी छ । त्यसैले अहिले त मभन्दा ३० वर्ष जेठो हुनुहुन्छ भन्ने अनुभव नै हुँदैन । कतिपयले छविजी बुढो हुनुभयो भन्छन् । तर, मलाईचाहिँ बुढो हुनुभयो जस्तो लाग्दैन । साँच्चै भन्दा उहाँको उमेर धेरै भयो होला, मन मेरै उमेरको जस्तो तन्नेरी लाग्छ । हाम्रो विवाहको हल्ला गत साल पनि चलेको थियो । अहिले मंगलम् चलचित्रको रिलिज डेट नजिकिएसँगै हाम्रो विवाहको चर्चा चुलिँदै गएको छ । हाम्रो विवाहको कुरा चलचित्र प्रमोसनका लागि होइन । अब हामीले विवाह गर्ने पक्का भइसकेको छ । मिति तय गर्न मात्र बाँकी हो ।

लिभिङ टुगेदर हल्ला मात्र

हाम्रो सम्बन्धको चर्चा चल्दै गएपछि हामी लिभिङ टुगेदरमा छौँ भन्ने कुरा पनि बाहिर आए, तर त्यो आफैँमा हल्ला मात्र थियो । त्यस्तै, चलचित्र ‘लज्जा’कै समयमा पनि ‘शिल्पा त ६ महिना छवि ओझासँग बसेको रे’ भन्ने हल्ला चल्यो । विवाह नगरी म किन छविसँग गएर बस्ने र ? यी सबै हल्ला हुन् ।

छविको केटाकेटी पारामा सम्झाउने बानी मनपर्छ

छविजी बुढो मानिससँग बुढै अथवा पाकै व्यवहार गर्नुहुन्छ । त्यस्तै, केटाकेटीसँग पनि त्यस्तै शैलीमा व्यवहार गर्नुहुन्छ । उहाँको केटाकेटीजस्तो पाराले सम्झाउने बानी एकदमै मनपर्छ । उहाँको सबैसँग घुलमिल गर्न सक्ने क्षमता छ । त्यस्तै, चलचित्रको सुटिङमा पनि सबैलाई समान व्यवहार गर्नुहुन्छ । उहाँले चलचित्रबारे गहिरो अध्ययन गर्नुभएको छ । तर, कुनै चलचित्र निर्माण गर्दा हामीसँग पनि सल्लाह गर्नुहुन्छ । मलाई उहाँको त्यो बानी असाध्यै मनपर्छ ।

अरूको अघि कराउने बानी मन पर्दैन

कहिलेकाहीँ कुनै काम बिग्रियो भने सबैको अघि कराउनुुहुन्छ । उहाँको त्यो बानीचाहिँ मन पर्दैन । तर, पछिचाहिँ त्यही नै सही लाग्छ । किनभने उहाँले कराएको त हाम्रै लागि रहेछ भन्ने महसुस हुन्छ । कहिलेकाहीँ हामीले भनेको कुरा सुन्न चाहनुहुन्न, तिमीहरूले मलाई सिकाउने भन्ने ठान्नुहुन्छ ।

इन्गेजमेन्ट र विवाह एकैदिन गर्छौँ

हाम्रो परम्पराअनुसार कतिपयले विवाह र इन्गेजमेन्ट छुट्टाछुट्टै गर्ने चलन छ । तर, मचाहिँ इन्गेजमेन्ट नगर्ने सोचमा छु । विवाह र इन्गेजमेन्ट एकैदिन गर्ने हो ।

तीन वटी श्रीमतिसँग मिलेन शिल्पालाई छाड्दिनँ (छवि ओझा, निर्माता)

कतिपयले ‘उमेरको कारणले विवाह हुन असम्भव छ’ भनेको पनि सुन्छु । उमेरले विवाह गर्ने होइन । कसैलाई माया गर्ने, विवाह गर्ने भनेको त मनले हो ।

 मेरो जन्म ०२१ मा धरानमा भएको हो । बाल्यकाल धरानमै बित्यो । म बुवाआमाको कान्छो सन्तान थिएँ । मैले औपचारिक शिक्षा पनि धरानबाटै लिएँ । धरानमा हाम्रो घरनजिकै एउटा शिव सिनेमा हल छ । स्कुल जाँदा, आउँदा त्यही हलअघिको बाटो हिँड्नुपथ्र्याे । जसले गर्दा मलाई सिनेमाप्रतिको मोह बढ्दै गयो । त्यसवेला म एउटै फिल्म नौपटकसम्म हेर्थेँ । त्यो हलसाहुका छोराहरू दुवैजना मेरा साथी थिए । जसले गर्दा मलाई फिल्म हेरेको पैसा पर्दैनथ्यो । त्यतिवेला हिन्दी फिल्म धेरै हेरिन्थ्यो । कट्टिहार र कलकत्ताबाट फिल्म आउँथ्यो । फिल्म बुक गर्ने क्रममा कट्टिहार, कलकत्तासम्म पनि गएँ । यसरी बिस्तारै चलचित्रमा चासो झन् बढ्दै गयो ।

पढाइतर्फ त्यति धेरै चासो नभए तापनि मैले ०३७ मा एसएलसी दिएँ । तर, फेल भएँ । त्यसपछि हलको भित्र क्यान्टिन पनि चलाएँ । त्यो पनि केही समयपछि बन्द गरेर हिन्दी फिल्मको डिष्ट्रिब्युसनतर्फ लागेँ । त्यसका लागि धनलक्ष्मी फिल्म्स भन्ने एउटा अफिस खोल्यौँ । जुन अफिस इटहरीमा थियो । विभिन्न जिल्लामा गएर हिन्दी फिल्म चलाउथेँ । यही सिलसिलामा काठमाडौं आएँ । त्यहीक्रममा कुमारी हलमा निर्देशक दीपक रायमाझीसँग भेट भयो । उहाँले ‘नेपाली चलचित्रको पनि डिष्ट्रिीब्युसन गर न’ भन्नुभयो ।

मलाई पनि यो काम गर्ने इच्छा भयो । अनि भाग्यरेखा चलचित्रका लागि वल्र्ड राइज्ड किनेँ । तर, त्यो सिनेमा त्यति राम्रो चलेन । त्यसपछि दीपकदाइसँग अब फिल्म बनाऔँ भनेँ । त्यसपछि मैले एउटा कन्सेप्ट सुनाएँ । त्यो कन्सेप्ट उहाँले मन पराउनुभयो । अनि ०४६ मा ‘युगदेखि युगसम्म’ चलचित्र निर्माण गरँे । यसरी नेपाली चलचित्रमा मेरो पाइला अघि बढ्यो । यही चलचित्रबाट महानायक राजेश हमालले पनि डेब्यु गरेका थिए ।

१९ वर्षमा बिहे गरेँ, १० वर्षमै छुट्यो

जिन्दगी चलाउने क्रममा धेरै चरण पार गर्र्दै जानुपर्ने रहेछ । त्यसमध्येको एउटा महŒवपूर्ण चरण भनेको विवाह हो । चलचित्र क्षेत्रमा आउनुभन्दा पहिला १९ वर्षकै उमेरमा विवाह गरिसकेको थिएँ । यही क्रममा दुई छोराको जन्म भयो । तर, मेरो पहिलो श्रीमतीसँग विस्तारै सम्बन्ध नराम्रो बन्दै गयो । उनीसँग मनमुटाव हुन थालेपछि ०४९ मा छुट्टियौँ । मेरो छोराहरूसँग रामै्र सम्बन्ध छ । इटहरी गएको वेलामा कहिलेकाहीँ जेठी श्रीमतीसँग पनि भेट हुन्छ, राम्रैसँग बोलचाल हुन्छ । तर, हामी कानुनी रूपमा छुट्टिइसकेका छौँ ।

साकार २ वर्षको हुँदा गीताञ्जलीले आत्महत्या गरिन्

यही क्रममा मैले ‘नाता’ चलचित्र बनाएँ । त्यो चलचित्र विश्व बस्नेतले निर्देशन गर्नुभएको थियो । उहाँले त्यहाँभन्दा पहिला ‘अन्याय’ चलचित्रमा गीताञ्जलीलाई अभिनय गराउनुभएको रहेछ । ‘नाता’ चलचित्रबाटै श्रीकृष्ण श्रेष्ठले पनि डेब्यु गरेका हुन् । त्यस्तै, सो चलचित्रमा नायिका गीताञ्जलीलाई अभिनय गराउने कुरा भयो । यही क्रममा गीताञ्जलीसँग भेट भयो । अफिस अनि चलचित्र सुटिङको दौरानमा भेट हुँदै जाँदा मलाई गीताञ्जली मन पर्दै गइन् ।

त्यसवेला म पनि जेठी श्रीमतीसँग अलग्गै भएको अवस्था थियो । मैले गीताञ्जलीलाई विवाहको प्रस्ताव राखेँ । उनले स्विकारिन् अनि ०५१ मा हामीले विवाह ग¥यौँ । विवाह गरेको २ वर्षपछि छोरा साकार जन्मियो । साकार जन्मिएपछि हामीबीच मनमुटाव सुरु भयो । उनले डिभोर्स माग्न थालिन् । मैले दिएँ । तर, विश्वदाइ र उनकै दिदीले सम्झाएपछि हामी डिभोर्स गरे पनि फेरि सँगै बस्न थाल्यौँ । त्यसपछि उनले आत्महत्याको निकै प्रयास गर्न थालिन् । मैले धेरैपटक जोगाएँ । अन्ततः एक दिन बाथरुममा झुन्डिएर आत्महत्या गरिन् । जुन वेला साकार २ वर्षका थिए ।

यसरी भयो रेखासँग विवाह

गीताञ्जलीले आत्महत्या गरेपछि मैले हिन्दी चलचित्रको काम गर्न थालेँ । त्यसवेला नेपाली फिल्म बनाउन छाडेको थिएँ । २ वर्षजति हिन्दी, नेपाली फिल्मको डिष्ट्रिब्युसन गरेपछि निर्देशक नरेश पौडेलसँग ‘हिरो’ चलचित्र बनाउने निधो भयो । त्यही क्रममा रेखाजीसँग भेट भयो । म पूर्वतिर जाँदा पनि उहाँको नाम सुनिरहन्थेँ । एकजना अविराजभाइले पनि मलाई रेखाको बारेमा बताउनुभएको थियो । यसरी विभिन्न ठाउँबाट रेखाको बारेमा कुरा आइरहेको थियो, तर मैले रेखासँग प्रत्यक्ष रूपमा भेट्न पाएको थिइनँ ।

त्यसवेला हामीले ‘हिरो’ चलचित्रका लागि सज्जा मैनालीलाई लिने कुरा थियो । यही क्रममा सज्जा मैनालीलाई हेर्न सागर ढुंगेलको घरमा जाँदा कान्तिपुरमा रेखा थापाको फोटो देखेँ । अनि मैले नरेशजीलाई पनि त्यो फोटो देखाएँ । त्यसपछि रेखालाई हेर्ने कुरा भयो । त्यसवेला रेखा काठमाडौंमा दिदीको घरमा बस्थिन् । एकजना भाइले उनलाई हामीसँग भेट गराइदिने कुरा गरे । भोलिपल्ट रेखालाई लिएर आए । रेखालाई देखेपछि राम्रो लाग्यो अनि ‘हिरो’ चलचित्रका लागि साइन ग¥यौँ । त्यसपछि उनलाई ६ महिनाजति ट्रेनिङ गरायौँ ।

०५७ मा चलचित्रको सुटिङ सकियो । मलाई रेखा मन पर्न थाल्यो । विवाहको प्रस्ताव राखेँ । उनले मसँग ६ महिनाको समय मागिन् । ६ महिनापछि उनले बुवासँग भेट गराइन् । हामीले बानेश्वरको बेकरी क्याफेमा भेटेर कुराकानी गरेका थियौँ । बुवाले रेखासँग ठिकै लाग्यो भन्नुभएछ । त्यसपछि ०५७ को अन्तिममा विवाह भयो । विवाह गर्नुभन्दा पहिला मेरो जीवनको बारेमा सबै बताएको थिएँ ।

रेखाको घमन्डले हामीलाई अलग्यायो

रेखासँग जिन्दगी बिताउँदै जाँदा उहाँ बिस्तारै स्टार हुन थाल्नुभयो । र, दिनप्रतिदिन व्यस्त । उहाँले मसँग हुँदा नै डेढ सयभन्दा धेरै सिनेमामा अभिनय र ५० वटा देश घुमिसक्नुभएको थियो । जसले गर्दा उहाँले बिस्तारै मैले भनेको मान्न छाड्नुभयो । त्यो एउटा समयको माग पनि थियो होला । पहिलोपटक रेखालाई भेट्दा उहाँको चञ्चले बानी असाध्यै राम्रो लागेको थियो । तर, पछि उहाँमा घमन्डपन आयो, उहाँ मान्छेलाई मान्छे नगन्नेसम्मको हुन थाल्नुभयो । म उहाँलाई धेरै सम्झाउँथेँ । तर, उहाँको घमण्डीपनाले नै हामीलाई अलग्यायो जस्तो लाग्छ । साथै, उहाँको परिवारलाई पनि मेरो छोरी, मेरो बहिनी नै सबै चिज हो छवि ओझा केही पनि होइन भन्ने पनि लाग्यो होला ।

अन्दाजको सुटिङमा थर्काएपछि बोलचाल बन्द

अन्दाज फिल्मको जोमसोममा सुटिङ थियो । त्यसवेला रेखालगायत सबैलाई प्लेनमा पठाएर मचाहिँ गाडीमा गएको थिएँ । निकै कठिनले जोमसोम पुगेँ । मैले काठमाडौंबाहिर थुप्रै चलचित्र सुटिङ गरेँ । यसरी रेखा र म चलचित्र सुटिङका लागि जाँदा छुट्टाछुट्टै कोठामा बस्थ्यौँ । त्यसवेला पनि उनलाई डिस्टर्भ हुनुहुन्न भनेर छुट्टै कोठा दिएका थियौँ । भोलिपल्ट बिहान निर्देशकले ९ बजे नै रेखालाई तयार गर्नु भन्नुभएको थियो । मैले बिहान उनलाई उठाएर गएँ ।

फर्केर आउँदा साढे ९ भइसकेको थियो । उहाँसँगै जीवन लुइँटेल, सविन श्रेष्ठ पनि हुनुहुन्थ्यो । मैले आएर ल गाडीमा जाऔँ भनेँ । तर, रेखाले ‘मैले त खाजा नै खाएकी छैन’ भनेर गनगन गर्न थाल्नुभयो । मेरो रिसले पारो तात्यो । उहाँलाई ‘मैले बिहानै उठेर खाजा खानु भनेर सबै मिलाएर गएको होइन, तँ खेलाँची गर्ने, तँ स्टार, तँ छवि ओझाभन्दा पनि स्टार हो’ भनेर नराम्ररी झपारेँ । यसरी गाली गरेर म निस्किएँ । अनि नेपाल वायुसेवा निगमको टिकट काट्ने ठाउँमा गएर बसेँ । अबचाहिँ फिल्म नै रोकियो भन्ने सोचेँ । तर, रोकिएन । त्यसपछि हाम्रो बोलचाल बन्द भयो ।

एउटै कोठामा बसियो, तर बोलचाल भएन

यही निहुँमा बोलचाल बन्द भए पनि एउटै कोठामा ६ महिना बसियो । ६ महिना बोलचाल नभएपछि उहाँ माथि कोठामा सर्नुभयो । यसरी बोलचाल नभइनभई नै ‘रावण’ फिल्म खेलाएँ । ०६८ मा ‘रावण’ सकिएपछि उहाँले ‘अम्बे’मा सर्ने निधो गरिसक्नुभएकोे रहेछ । त्यसपछि उहाँ ‘अम्बे हाउस’मा सर्नुभयो । लेनदेनको कुरा आयो । मेरो गौरीघाटको घर उहाँकै नाममा थियो । त्यसवेलामा गाडी पनि मैले नै किनिदिएको थिएँ । उनले त्यो दुवै चिज मलाई नै फर्काइदिइन् । त्यसपछि हामीले अंशबन्डा ग¥यौँ । तर, डिभोर्सचाहिँ ०७३ मा गरेका हौँ ।

अहिले सम्बन्ध राम्रो छ

अंशबन्डा भइसकेपछि मैले ‘हमेशा’ भन्ने चलचित्र बनाउने तयारी गरेँ । त्यसका लागि नायिका खोजिरहेको थिएँ । त्यसवेला उहाँले मलाई फोन गरेर ‘हमेशा’मा म अभिनय गर्छु भन्नुभयो । मैले ल खेल्न आउनुस् भनेँ । उहाँले ‘काली’ चलचित्र बनाउनुभयो । ‘काली’ बनाउने वेलामा पनि मिलेर बनाऊँ भन्नुभयो । मैले हुन्छ भनेर सँगै ‘काली’ चलचित्र बनायौँ । त्यसैले छुट्टै भएपछि हाम्रो शारीरिक सम्बन्ध र पारिवारिक सम्बन्ध मात्र नभएको हो । अरू सम्बन्ध त अहिले पनि राम्रो छ । उहाँको चलचित्र रिलिज हुने समयमा मैले सहयोग गरिरहेकै हुन्छु । जे होस्, चलचित्रको विषयमा सल्लाह हुन्छ । तर, व्यक्तिगत रूपमा भने कहिल्यै सल्लाह हुँदैन ।

शिल्पासँगको भेट

यसरी व्यक्तिगत रूपमा रेखासँग अलग्गै भएपछि सिनेमा बनाउने क्रममा मेरो भेट शिल्पा पोखरेलसँग हुन गयो । मलाई शंकर बिसीले शिल्पासँग भेट गराउनुभएको थियो । त्यसवेला मैले ‘लोफर’ चलचित्रका लागि नायिका खोजिरहेको थिएँ । अनि शंकरले त्यो कुरा थाहा पाएर मलाई ‘रेखाजस्तै एउटी मोडल छिन्, हेर्नुहुन्छ’ भन्नुभयो । त्यसवेला एक साप्ताहिकमा शिल्पाको फोटो आएको थियो । त्यो फोटोका साथै उहाँको म्युजिक भिडियो पनि हेरँे । मैले उहाँको फोटो निर्देशकलाई पनि देखाएँ । अनि शंकर बिसीले शिल्पाजीलाई ल्याउनुभयो । मैले शिल्पालाई ४ महिनापछि बोलाएँ । त्यसपछि उहाँलाई पनि टे«निङ गराइयो । त्यसपछि ‘लज्जा’ चलचित्रमा साइन ग¥यौँ । त्यसपछि उनको र मेरो हिमचिम बढ्न थाल्यो ।

यसकारण मलाई शिल्पा मनपर्छ

बिस्तारै मलाई उनी मनपर्न थाल्यो । मलाई उनको आँखा असाध्यै मनपर्छ । उनको बोलीचाली पनि निकै मनपर्छ । उनले मेरो ब्यानरमा चारवटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । यो अवधिमा उनले राम्रो काम गरेकी छिन् । साथै, चलचित्र पनि राम्रै चल्यो । उनी कामप्रति निकै उत्तरदायी छिन् । सबै कुराले शिल्पाको राम्रै छ ।

विवाह पक्कै गर्ने हो

म एक्लै भएको हुनाले राम्रो मान्छे पाए हुन्थ्यो भन्ने चाहना थियो । जसले गर्दा मैले शिल्पालाई विवाहको प्रस्ताव राखेँ । हामीले गत वर्ष नै विवाहको तयारी गरेका थियौँ । मैले उनको परिवारसँग पनि स्वीकृति लिइसकेँ । दर्शकले जहिले पनि चलचित्र रिलिजको कुरा आउँदा यिनीहरूको विवाहको हल्ला आउँछ भन्छन् । तर, चलचित्र बिकाउनका लागि विवाहको हल्ला गरिएको होइन । अब हामीले विवाह गर्ने पक्का भइसक्यो ।

शिल्पासँग डिभोर्स गर्दिनँ

मैले यहाँभन्दा पहिला तीनवटी श्रीमतीसँग जिन्दगी बिताएँ । तर, तीनैजनासँग राम्रो घरजम हुन सकेन । जोकोहीले पनि एक–अर्कासँग सम्बन्ध गाँस्ने भनेको मन मिलेपछि मात्र हो । झगडा गरिराख्ने हो भने दुवैको जिन्दगी बर्बाद गरेर बस्नु राम्रो होइन । अब शिल्पाजी र म विवाहबन्धनमा बाँधिँदै छौँ । यसका साथै उहाँले मलाई करिब ५ वर्ष त अध्ययन गरिसक्नुभयो । उहाँले मेरो बानीबारे थाहा पाइसकेर मसँग विवाह गर्न लाग्नुभएको छ । मैले पनि उहाँलाई राम्रोसँग चिनेको छु । भोलिका दिनमा हामी दुईमा कुनै कमी–कमजोरी भयो भने सुधारेर अघि बढ्छौँ । तर, शिल्पासँग सम्बन्धविच्छेदचाहिँ गर्दिनँ । कतिपयले उमेरको कारणले विवाह हुन असम्भव छ भनेको पनि सुन्छु । उमेरले विवाह गर्ने होइन । विवाह, कसैलाई माया गर्ने भनेको त मनले हो ।

शिल्पाको रिसाउने बानी मन पर्दैन

मलाई शिल्पाजीको सबै बानी मनपर्छ, तर उहाँ छिट्टै रिसाउनुहुन्छ । उहाँको त्यो बानी मलाई फिटिक्कै मन पर्दैन ।

 


बुधबार ०२, फागुन २०७४ ०३:५० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस