---
Sunday, August 19 2018, 09:09 | आइतबार ०३, भदौ २०७५ ०९:०९
सभामुखद्धारा पदभार ग्रहण

बुधबार, ०२ फागुन २०७४| Radio Dhangadhi
सभामुखद्धारा पदभार ग्रहण

एफएम संवाददाता
धनगढी २ फागुन । प्रदेश नम्बर सातका सभामुख अर्जुनबहादुर थापाले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।

सात नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीस्थित संसद भवनको नजिकै रहेको सभामुखको कार्यालयमा उहाले सभामुखको पदभार ग्रहण गर्नुभएको हो ।

सांसद थापा माघ २९ गते बसेको संसदको पहिलो अधिबेशनको दोस्रो बैठकबाट सभामुख निर्बा्चित हुनुभएको थियो ।

संसद सचिवालयका कर्मचारीसंग परिचयात्मक कार्यक्रम समेत गर्दै सभामुख थापाले कर्मचारीकै सहयोगमा संसदको गरिमा र महत्त्व अझ बृद्धी हुने विश्वास व्यक्त गर्नुभयो । हामी सिक्दै छौ गल्ती कमजोरी हुन्छन तर ती कमजोरी सुधार्ने जाँगर हुनुपर्ने उहाले बताउनुभयो ।

त्यसै अबसरमा प्रदेश संसदका कर्मचारीको क्षमता अभिबृद्धी गर्न आइपुगेका संघीय संसदका उपसचिव झलक शर्माले सभामुखलाई नेपालको संबिधान पुस्तक उपहार दिनुभएको थियो ।  
    


बुधबार ०२, फागुन २०७४ ०३:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस