Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:54 | बुधबार ०६, भदौ २०७५ ११:५४
चट्याङ लागेर २२ सैनिक घाइते

पाँचको अवस्था गम्भीर

बुधबार, ०२ फागुन २०७४| Radio Dhangadhi
चट्याङ लागेर २२ सैनिक घाइते

एफएम संवाददाता   
बैतडी २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

मंगलबार साँझ ७ बजेर ५० मिनेटमा परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिनुभयो ।

तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् ।

सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।


बुधबार ०२, फागुन २०७४ ११:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस