Nepali Bahas

06:00 AM - 07:00 AM

Monday, May 28 2018, 06:42 | सोमबार १४, जेठ २०७५ ०६:४२
सभामुख चयन : कर्मचारी पुगेनन

कर्मचारी आएमात्रै मन्त्रालयले काम थाल्ने

बुधबार, ०२ फागुन २०७४| Dinesh Thakulla
सभामुख चयन : कर्मचारी पुगेनन

दिनेश ठकुल्ला
धनगढ २ फागुन । सभामुख चयन भएर सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा पनि सात नम्बर प्रदेशमा कर्मचारी आईपुगेका छैनन । प्रदेशमा सात मन्त्रालय सञ्चालन हुनेमा एक मन्त्रालयमा कम्तिमा ३० देखि ३५ कर्मचारी आवश्यकता पर्ने बताईएको छ ।

तर, सात नम्बर प्रदेशमा भने हालसम्ममा ३६ जना कर्मचारी मात्रै आएका छन । ७ नम्बर प्रदेश सरकार सञ्चालनका लागि नेपाल सरकारले २८७ कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरे पनि अहिलेसम्म बहुसङ्ख्यक कर्मचारी अस्थायी राजधानी धनगढीमा आइ नपुगेका हुन ।

प्रदेशसभाको दोस्रो बैठक सम्पन्नले सभामुख चयन गरि सरकार गठनको प्रक्रिया सुरु भईसक्दा समेत भौतिक तथा पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा अहिलेसम्म एक जना पनि कर्मचारी नआएको र कार्यालय पनि सञ्चालन गर्न नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराज पौडलले जानकारी दिनुभयो ।

१०५ जना कर्मचारी खटेको भनिए पनि मगलवारसम्म ३६ जना कर्मचारीलेमात्रै हाजिरी लगाएर काम गरिरहेको जनाईएको छ । प्रदेश सरकारको ९ वटा अङ्गमध्ये प्रदेश सभा तथा प्रदेश संसद सचिवालय, प्रदेश प्रमुखको कार्यालय सहित चार वटा मन्त्रालय सीमित कर्मचारीको भरमा सञ्चालनमा आएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय केहि कर्मचारीको भरमा सञ्चालनमा रहेको जनाइएको छ ।

अन्तरिम दरबन्दी अनुसार कर्मचारीहरुको उपस्थिति समयमै नहुँदा विभिन्न मन्त्रालयहरुको निर्माण, स्तरोन्नति लगायतको कार्यले गति लिन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव पौडलले बताउनुभयो । सञ्चालनमा आउन नसकेका मन्त्रालयको पनि हाल व्यवस्थापनको काम भईरहेकाले फागुन ६ गते कर्मचारी आएपछि सञ्चालनमा आउने पौडलले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत स्तरोन्नतिको काम भइरहेको मन्त्रालयहरुमा निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन । भौतिक संरचना तयारी, आवश्यक व्यवस्थापन, रङ्रोगनको काम भइरहेका छन् । 

 


बुधबार ०२, फागुन २०७४ ११:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस