Nepali Khabar

12:00 PM - 12:15 PM

Wednesday, April 25 2018, 12:09 | बुधबार १२, बैशाख २०७५ १२:०९
“सघीयता सस्थागतमा रेडियोको महत्व ”

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi
“सघीयता सस्थागतमा रेडियोको महत्व ”

एफएम संवाददाता
धनगढी १ माघ । विश्व रेडियो दिवसको अवसरमा ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) ले सघीयता सस्थागतका लागि रेडियोको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

वानका अध्यक्ष गोपाल कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा सात नम्बर प्रदेश प्रमुख मोहनराज मल्ल प्रमुख अतिथि रहनुभएको थियो । दिवसकै अवसरमा वानले धनगढीमा प्रभातफेरिको समेत आयोजना गरेको थियो ।

(वान) ले आयोजना गरेको सघीयता सस्थागतका लागि रेडियोको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सघीयता सस्थागतका लागि रेडियोको भूमिका महत्वपूर्ण हुने बताएका छन ।

विगतका भएका आन्दोलनमाहरु रेडियोहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रसशा सरोकारवालाहरुले गरेका छन ।

देश सघियतामा गएसगै रेडियोहरुको काधमा थप जिम्मेवारी थपिएको भन्दै सरोकारवालाहरुले सघीयता सस्थागतका लागि रेडियोको भुमिका महत्वपूर्ण हुने सात नम्बर प्रदेश सभा सदस्य मान बहादुर धामीले बताउनुभयो । देश सघियतामा गएसगै रेडियोहरुले पनि सुदृढ ढङगले उद्योगको रुपमा अघि बढनुपर्ने बताईएको छ । समाज परिवर्तनका लागि रेडियोको महत्वपूर्ण भूमिका ठानिएको छ ।

कतियपले देशले सघियता धान्न नसकेर धरापमा पर्ने खतरा पनि औल्याईरहेको भन्दै माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य लेखराज भट्टले सघियता कार्यान्वयमा रेडियोले सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सात नम्बर प्रदेश प्रमुख मोहनराज मल्लले रेडियोले स्थानीय विकाश र सुसाशनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । सघियतामा रेडियोका सामु थुप्रै चुनौति कायमै रहेको भन्दै प्रमुख मल्लले ति चुनौतिको सामना गर्दै प्रदेशको विकाश र सम्बृदिमा हिस्सेदार बन्न आग्रह गर्नुभयो ।

सातौ विश्व रेडियो दिवसको अवसरमा रेडियोकर्मीहरुले पनि सघीयता सस्थागतका लागि आफुहरुले कुनै कदम बाकी नराख्ने बताएका छन ।

प्रत्येक स्थानीय तहले रेडियो सञ्चालन गर्ने व्यवस्थना गर्न लागिएको भन्दै उक्त व्यवस्था लागु नगर्न ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का अध्यक्ष गोपाल कुमार झाले आग्रह गर्नुभयो ।   
 
 


मङ्गलबार ०१, फागुन २०७४ ०६:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस