Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, July 18 2018, 11:59 | बुधबार ०२, साउन २०७५ ११:५९
कोईलाहा तालमा महोत्सव सुरु

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi
कोईलाहा तालमा महोत्सव सुरु

एफएम संवाददाता
धनगढी १ माघ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ स्थित कोईलाहा तालमा मङगलबारदेखि महोत्सव सुरु भएको छ ।

तालको प्रचारप्रसार एवं प्रवद्धधन गर्ने उद्देश्यले कोईलाहा ताल व्यवस्थापन समितिले पहिलो पटक महोत्सवको आयोजना गरेको हो । मङगलबारदेखि ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारू परिकार, स्थानीय उत्पादन, व्यापारिक सामग्री लगायतका स्टलहरू राखिएका छन ।

झन्डै १५ लाख लगानी रहने महोत्सवमा १५ लाख बराबरको आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवलाई  एक लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोईलाहा ताल व्यवस्थापन समितिका अध्यक्ष सिहीलाल चौधरीले बताउनुभयो ।   


मङ्गलबार ०१, फागुन २०७४ ०६:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस