Nepali Khabar

12:00 PM - 12:15 PM

Wednesday, July 18 2018, 12:03 | बुधबार ०२, साउन २०७५ १२:०३
पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी १ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबारदेखि सुरु भएको हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।

अत्तरीया–दीपायल जोड्ने ११ सय केभीको विद्युत प्रसारण लाइनमा हिमपात तथा वर्षादले खराबी आएपछि गएरातिदेखि डडेल्धुरा, बैतडी, आछाम तथा डोटीमा विद्युत सेवा बन्द भएको छ ।

डोटीको दीपायलस्थित ११ सय केभी विद्युत प्रसारण केन्द्रका स्टेशन प्रमुख भोजबहादुर स्वाँरका अनुसार डडेल्धुराको हगुल्टे क्षेत्रमा भएको हिमपातले विद्युत लाइनमा खराबी हुँदा सेवा बन्द भएको हो ।

बन्द भएको विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन कर्मचारी खटिए पनि प्रतिकुल मौसमका कारण सेवा सञ्चालनमा आउन नसकेको स्वाँरले बताउनुभयो ।

विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम क्षेत्रका जिल्लामा रहेका केही रेडियोस्टेशन पनि बन्द भएका छन् । 


मङ्गलबार ०१, फागुन २०७४ ०६:३२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस