INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:36 | शुक्रबार ०५, असोज २०७५ १०:३६
राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi
राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

एफएम संवाददाता
धनगढी १ माघ । फागुन ९ गतेदेखि १५ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने देशकै सर्वाधिक धनराशिको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक कैलाली जिल्ला खेलकुल विकाश समितिले मङगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

साविकका ५ विकाश क्षेत्र र एउटा विभागिय टोली ए.पी.एफ गरि ६ टिमको सहभागिता हुने प्रतियोगिताका लागि खेल मैदान मर्मतको कार्य, टिमका लागि आवास तथा खानाको व्यवस्था लगायतका तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका सयोजक तथा कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।

आयोजना हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता साविकको सुदुरपश्चिम तथा हालको सात नम्बर प्रदेशकै सवैभन्दा बढी धनराशिको प्रतियोगिता हो ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैया पाउने कैलाली जिल्ला खुलकुद विकाश समितिका अध्यक्ष दिपक सिहले जानकारी दिनुभयो ।

लिग चरणमा खेलाईने प्रतियोगिताको वुमन अफ द सिरिजलाई १० हजार, वेष्ट व्याटवुमन, वेष्ठ वलर, उदयमान खेलाडी र फेयर प्ले टिमलाई नगद ५ हजारका दरले पुरुस्कार प्रंदान गरिने जनाईएको छ ।

कुल ३८ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको प्रायोजक र सह प्रायोजकको भने केही दिनमै टुङगो लाग्ने बताईएको छ । 
 


मङ्गलबार ०१, फागुन २०७४ ०६:१७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस