---
Wednesday, February 21 2018, 03:17 | बुधबार ०९, फागुन २०७४ ०३:१७
जनयुद्ध दिवस मनाउँदै माओवादी

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi
जनयुद्ध दिवस मनाउँदै माओवादी

एफएम संवाददाता
धनगढी १ फगुन । माओवादीका विभिन्न घटकले मंगलबार जनयुद्ध दिवस मनाउँदैछन ।

सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।

यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो ।

२०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक फुटेको छ भने झण्डै एक दर्जन दलसँग एकीकरण पनि गरेको छ ।


मङ्गलबार ०१, फागुन २०७४ ०४:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस