---
Wednesday, February 21 2018, 03:20 | बुधबार ०९, फागुन २०७४ ०३:२०
विश्व रेडियो दिवस मनाइँदै

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi
विश्व रेडियो दिवस मनाइँदै

एफएम संवाददाता
धनगढी १ फगुन । मङगलबार विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।

त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्रा्ष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९८ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६७ वर्ष पुगेको छ ।

भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो ।

अहिले इजाजत प्राप्त एफ एम रेडियोको संख्या ८ सय ३१ पुगेको छ भने ६ सय ५० वटा रेडियो नियमित प्रसारणमा रहेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

यस्तै, सातौ विश्व रेडियो दिवस धनगढीमा पनि मनाईएको छ । दिवसको अवसरमा ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल(वान) सघीयता सस्थागतका लागि रेडियोको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

वानका अध्यक्ष गोपाल कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा सात नम्बर प्रदेश प्रमुख मोहनराज मल्ल प्रमुख अतिथि रहनुभएको थियो। दिवसकै अवसरमा वानले धनगढीमा प्रभातफेरिको समेत आयोजना गरेको थियो । 
  


मङ्गलबार ०१, फागुन २०७४ ०३:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस