---
Saturday, October 20 2018, 23:43 | शनिबार ०३, कार्तिक २०७५ २३:४३
प्रदेशस्तरीय महोत्सव शुरु

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
कञ्चनपुर १ फगुन । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमबारदेखि शुरु भएको छ ।

कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध ७ नम्बर प्रदेशको आधार भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले गर्नुभयो ।

दश दिनसम्म चल्ने महोत्सवमा विभिन्न वस्तुभाउ, अटो मोबाइल, स्थानीय परिकार, यहाँको कृषि प्रदर्शनी समेत गरी १५० स्टल राखिएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा बोल्दै प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश नं ७ लाई हरेक दृष्टिकोणले समृद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रचारप्रसारमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

त्यसैगरी, महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले आगामी पाँच वर्षभित्र प्रदेश नं ७ मा औद्योगिक विकास हुने बताउनुभयो ।  
 


मङ्गलबार ०१, फागुन २०७४ ०३:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस