---
Sunday, August 19 2018, 09:11 | आइतबार ०३, भदौ २०७५ ०९:११
एनसेलको टावरमा बम विष्फोट

मङ्गलबार, ०१ फागुन २०७४| Radio Dhangadhi
एनसेलको टावरमा बम विष्फोट

एफएम संवाददाता
बझाङ १ फगुन । अज्ञात समूहले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–८, ग्वानीमा  रेहेको एनसेल टावरमा सुतली बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टावरमा अज्ञात समूहले मंगलबार बिहान बम विष्फोट गराएको प्रहरीले जानएको छ । बम विष्फोटबाट टावरमा राखिएका चार थान सोलारका पाता र ३ वटा ब्याट्रिमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै डडेल्धुराको आलिताल गाउँपालिका–२, काफलीमा रहेको एनसेल टावरमा आगलागी भएको छ । गएराति सवा ९ बजेको समयमा टावरमा आगो लागेको हो ।

आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक (इनिस्पेक्टर) खगेन्द्र साउदले जानकारी दिनुभयो ।  

टावरमा आगजनी कसले गर्यो भन्ने अहिले सम्म खुलेको छैन ।  टावरमा कार्मचारी कोही पनि नभएको समयमा आगो लागेको साउदले बताउनुभयो ।

एनसेलको टावरमा आगजनी भएपछि अहिले यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन ्।
    


मङ्गलबार ०१, फागुन २०७४ ०३:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस