---
Sunday, August 19 2018, 09:09 | आइतबार ०३, भदौ २०७५ ०९:०९
शिवरात्री दर्शन मेला र महायज्ञको तयारी पुरा

सोमबार, २९ माघ २०७४| Radio Dhangadhi
शिवरात्री दर्शन मेला र महायज्ञको तयारी पुरा

एफएम संवाददाता
धनगढी २९ माघ । धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिंगधाममा आयोजना हुने शिवरात्री दर्शन मेला र महायज्ञको तयारी पुरा भएको छ ।

सोमबार शिवपुरी उत्तररामेश्वरम् ज्योर्लिगधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा धामका  अध्यक्ष श्यातायलले शिवरात्री मेला र महायज्ञका सवै तयारी पूरा भएको बताउनुभयो ।

भोलिफागुन १ गते शिवपुरीधाममा शिवरात्री मेला, फागनु २ गतेदेखि श्रीमद्देवीभागवत प्रवचन तथा प्राण प्रतिष्ठा महायज्ञ संचालन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षतायलले मंच व्यस्थापन, यज्ञयज्ञाधीका लागिआवश्यक पर्ने सवै तयारी पूरा भएको जानकारी गराउनु भएको हो ।

दर्शनार्थीहरुलाई मेलादर्शन तथा पूजा अर्चनाका लागि सहजहोस भन्ने हेतु  व्यवस्थापन चुस्त बनाइएको धामका वरिष्ठ उपाध्यक्ष   बलदेव भट्टले बताउनु भयो । शिवरात्रीको अवसरपारी विहानैदेखि पूजाआजाको व्यवस्था मिलाइको छ ।

शिवरात्री मेला सकिएलगत्तै फागनु २ गतेदेखि धाममा महायज्ञ संचालन हुनेछ । मेला र महायज्ञबाट संकलित रकमले धाममानिर्माण गर्न बाँकी रहेको योग साधनाहल, जडिबुट उद्यान लगायतका संरचनाहरु निर्माण गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

वरिष्ठ उपाध्यक्ष भटटका अनुसार महायज्ञका संचालनकालागिमूल समिति र १६ वटा उप समितिहरु गठन गरिएका छन् । नेपालकै सवैभन्दा ठूलो ज्योलिंग स्थापनाभएको शिवपुरी उत्तररोश्वरम् धामलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्धेश्यका साथ हरेक वर्ष महायज्ञको आयोजना गरिदै आएको छ ।

यसपालिको शिवरात्री मेला र महायज्ञमा २ लाख बढी दर्शनार्थीहरुको सहभागिता रहने अपेक्षागरिएको छ । 


सोमबार २९, माघ २०७४ ०६:४७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस