---
Sunday, August 19 2018, 09:09 | आइतबार ०३, भदौ २०७५ ०९:०९
गाउँपालिकामा बैंक स्थापना नहँुदा सेवाग्राही मर्कामा

सोमबार, २९ माघ २०७४| Radio Dhangadhi
गाउँपालिकामा बैंक स्थापना नहँुदा सेवाग्राही मर्कामा

एफएम संवाददाता
डडेल्धुरा २९ माघ । डडेल्धुराका गाउँपालिकाहरूमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन ।

पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।

उपभोक्ता समितिले गर्दै आएका सामान्य कामको भुक्तानी लिनका लागिसमेत जिल्ला सदरमुकाम जानु पर्दा चेकमा भएको रकमभन्दा बढी दैनिक खर्च हुने गरेको भागेश्वर गाउँपालिका रुपालका सर्वसाधारणको भनाइ छ ।

सामान्य चेकका लागि पनि सदरमुकाम जाँदा उपभोक्ताले पाउनुपर्ने रकमभन्दा पनि बढी खर्च आउने गरेको स्थानीयवासी लोकराज भट्टले बताउनुभयो ।

उपभोक्ताको कामदेखि कार्यालयको भुक्तानीका लागिसमेत जिल्लामा जानु पर्दा धेरै असहज भएको भगेश्वर गाउँपालिका अध्यक्ष कोशिला्कुमारी भट्टलेबताउनुभयो ।

बैंक नहँुदा गाउँपालिकाको एकजना कर्मचारीलाई थोरै रकमको चेक साट्न सदरमुकाम लगाउँदा काममा समेत बाधा भएको  छ । भागेश्वर गाउँपालिका जस्तै अजयमेरु गाउँपालिका, नवदुर्गा, आलिताल र गन्यापधुरामा समेत बंैक स्थापना हुन सकेको छैन ।

आवश्यक पूर्वाधार नहँुदा बंैक राख्न कठिनाइ भए तापनि काम र भुक्तानी छिटोछरितो गराउनका लागि चाँडै पहल गरी स्थापना गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयो । 
   


सोमबार २९, माघ २०७४ ०४:४३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस