---
Wednesday, February 21 2018, 02:57 | बुधबार ०९, फागुन २०७४ ०२:५७
करेन्ट लागेर एकजनाको मृत्यु

सोमबार, २९ माघ २०७४| Radio Dhangadhi

एफएम संवाददाता
बैतडी २९ माघ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो ।   


सोमबार २९, माघ २०७४ ०३:३१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस