---
Sunday, August 19 2018, 09:10 | आइतबार ०३, भदौ २०७५ ०९:१०
हिमाली जिल्लामा हिमपात

सोमबार, २९ माघ २०७४| Radio Dhangadhi
हिमाली जिल्लामा हिमपात

एफएम संवाददाता
डोटी २९ माघ । सुदूरपश्चिमका हिमाली जिल्लामा सोमबार बिहानदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

हिमपातसँगै हल्का वर्षा पनि भएकाले किसान हिउँदे बाली राम्रो हुने भन्दै खुशी भएका छन् । बझाङ, बैतडी, दार्चुला, बाजुरा तथा डोटीका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढेको छ ।

बझाङ, दार्चला र डोटी जिल्लामा आइतबार रातिबाट पानी पर्न सुरु भएसँगै सोमबार बिहानदेखि लेकाली भेगमा हिमपात सुरु भएको हो । वर्षासँगै डोटीको खप्तड आसपासको क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।

हिमपातले कठ्याङग्रिने चिसो बढे पनि हिउँदे खेति सप्रीनेमा किसानले बताएका छन् । डोटीका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ भने दीपायल क्षेत्रमा बिहानैदेखि हल्का पानी परिरहेको छ ।


सोमबार २९, माघ २०७४ १२:५९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस