---
Wednesday, February 21 2018, 03:19 | बुधबार ०९, फागुन २०७४ ०३:१९
नेपालमा शौचालयभन्दा मोबाइल प्रयाेगकर्ता बढी

सोमबार, २९ माघ २०७४| Radio Dhangadhi
नेपालमा शौचालयभन्दा मोबाइल प्रयाेगकर्ता बढी

धनगढी २९ माघ ।  नेपालको पूरै जनसंख्याको पहुँच मोबाइल फोनमा भए पनि शौचालयमा प्रयोग गर्नेको अनुपात न्यून रहेको एउटा अन्तर्राष्ट्रिय एजेन्सीले औंल्याएको छ।

नेपालको पूरै जनसंख्याको पहुँच मोबाइल फोनमा भए पनि शौचालयमा प्रयोग गर्नेको अनुपात न्यून रहेको एउटा अन्तर्राष्ट्रिय एजेन्सीले औंल्याएको छ। विश्व बैंकको एउटा आँकडाले सन् २०१५ सम्ममा सतप्रतिशत नेपालीमा मोबाइलको पहुँच पुगेको देखाउँदै सोही वर्षसम्म शौचालयमा ५० प्रतिशतको मात्र पहुँच रहेको औँल्याएको हो।

‘मोबाइल र शौचालय दुवै महत्वपूर्ण छन्। तर नेपालले सरसफाईका लागि शौचालयको पहुँच बढाउनु पर्ने देखिएको छ’, विश्व बैंककाे रिपाेर्ट विश्लेषण गर्दै काेड फर नेपालले भनेकाे छ।

विश्व बैंककाअनुसार सन् २००५ सम्म ३० प्रतिशत नेपालीको मात्र शौचालयमा पहुँच थियो। त्यतिबेला एक प्रतिशतभन्दा कम नेपालीको पहुँच मोबाइलमा थियो। त्यसपछि मोबाइल प्रयोगकर्ता बढे पनि शौचालय प्रयोगकर्ताको अवस्थामा भने उल्लेखीय सुधार आउन सकेन।

माेबाइल पहुँचकाे अवस्था

शाैचालय पहुँचकाे अवस्था

नेपाल खबरमा प्रकाशित छ ।


सोमबार २९, माघ २०७४ १२:२९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस