---
Wednesday, February 21 2018, 03:20 | बुधबार ०९, फागुन २०७४ ०३:२०
नेपालले आज केन्याको सामना गर्दै

सोमबार, २९ माघ २०७४| Radio Dhangadhi
नेपालले आज केन्याको सामना गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ।

नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ।

तीन खेल खेलेर दुईमा जित र एकमा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको नेपाल केन्या विरुद्ध जित निकाल्दै शीर्ष दुईमा रहने सम्भावना लगभग पक्का गर्न चाहान्छ भने शीर्ष दुईमा रहने सम्भावना जिवितै राख्न केन्यालाई आजको खेल जित्नै पर्नेछ।

दुई खेल खेलेको केन्या दुबैमा पराजित हुँदै ६ टोली सम्मेलित प्रतियोगिताको पुछारमा छ। शनिबार हुने भनि तय भएको केन्या र नामिबियाबीचको खेल भने बर्षाले हुन नसकेपछि मंगलबारलाई सारिएको थियो।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई एक रनको झिनो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले आइतबार बलियो प्रतिद्धन्द्धि यूएईलाई पाखा लगाउँदै दोस्रो स्थानमा उक्लिएको हो।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिब्बावेमा हुने एकदिवसीय छनोट खेल्ने मौका पाउनेछ।

५० ओभरको खेलमा पछिल्ला विगत चार खेल हेर्ने हो भने केन्या नेपालमाथि हावी देखिन्छ। चार खेलमा तीन केन्याले र एक नेपालले जितेको छ।

नामिबियामा नै भएको २०१५ को डिभिजन दुईका दुबै खेलमा नेपाललाई केन्याले क्रमशः १५ र ५ विकेटले पराजित गरेको छ।

यस्तै त्यसयता विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएका दुई खेलमा एकमा नेपालले जित हात पारेको छ भने एक खेल केन्याले जितेको छ।

वर्षाले प्रभावित पहिलो खेल डिएल म्याथडका आधारमा केन्याले ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो।

परिणाम यस्ता थिए:-

विश्व क्रिकेट लिग डिभिजन दुई (२०१५)
केन्याः २०८/९
नेपालः १९३/१०
केन्या १५ रनले विजयी

विश्व क्रिकेट लिग डिभिजन दुई (२०१५)
नेपालः १९४/१०
केन्याः १९५/५
केन्या ५ विकेटले विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१७)
नेपालः ११२/८
केन्याः ९५/५
केन्या डिएल म्याथडका आधारमा ५ विकेटले विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१७)
केन्याः १५५/१०
नेपालः १६०/३
नेपाल ७ विकेटले विजयी


सोमबार २९, माघ २०७४ १२:२० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस