---
Saturday, October 20 2018, 23:43 | शनिबार ०३, कार्तिक २०७५ २३:४३
‘आलिताल’ ओझेलमा

सोमबार, २९ माघ २०७४| Radio Dhangadhi
‘आलिताल’ ओझेलमा

धनगढी २९ माघ ।   प्रदेश नं. ७ को महत्वपूर्ण पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ‘आलिताल’ संरक्षण र संवद्र्धन गर्न नसक्दा ओझेलमा परेको छ ।

डडेल्धुुराको भित्री मधेस आलिताल गाउँपालिका ३ मा रहेको आलिताल सम्बन्धित निकायले तालको संरक्षण र संवद्र्धन गर्नमा ध्यान नदिँदा ओझेलमा परेको हो । समुद्री सतहबाट करिब ८०० मिटर उचाईमा महाभारत पहाडी श्रृखलाको फेदमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकहरुको संख्या बढाउन सकिने भएता पनि कुनै निकायले पहल नगर्दा अहिले ताल ओझेलमा रहेको स्थानीयहरुको गुनासो छ ।

१ हजार १७५ मिटर लम्बाई तथा करिब ४०० मिटर चौडाइ रहेको ताल महाभारतको चुरेबाट विभिन्न फोहर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ । तालको वरिपरि बिरुवा उम्रनुका साथै फोहरवस्तु थुपारिँदै गएको छ ।  धार्मिक एतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने सो तालसम्म पुग्ने सडक समेत अधुरै अवस्थामा छ ।

आलिताल बारे प्रचार प्रसार हुन नसक्दा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन । थुप्रै सम्भावना बोकेको ताललाई प्रचार तथा संरक्षण गर्न नसकीएको आलिताल गाउँपालिकाका ८ का रामदत्त जोशीले गुनासो गर्नुभयो । स्थानीय र सरोकारवाला निकायले तालको संरक्षणमा ध्यान नदिएकै कारण आलिताल ओझेलमा परेको उनको भनाइ छ ।

एक घन्टाभन्दा बढी पैदल हिँडेर ताल पुगेका पर्यटक मोरङका अशोक राईले ताल पुरिने अवस्थामा रहेको बताएका छन् । उता आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ भने स्थानीय निकायको संरचना बनिसकेपछी आलिताललाई संरक्षण गर्न योजना बनाइकेको बताउनुभयो । 


सोमबार २९, माघ २०७४ ११:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस