---
Wednesday, February 21 2018, 03:18 | बुधबार ०९, फागुन २०७४ ०३:१८
मुख्यमन्त्री र सभामुखका दावेरारहरु मन्त्रीको लविङमा

सोमबार, २९ माघ २०७४| Dinesh Thakulla
मुख्यमन्त्री र सभामुखका दावेरारहरु मन्त्रीको लविङमा

धनगढी २९ माघ । सात नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुखका दावेरारहरु उक्त पद नपाएपछि मन्त्रीको लविङमा लागेका छन ।

सात नम्बर प्रदेशमा २५ सासद रहेको सवैभन्दा ठुला दल एमालेका सासदहरु मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएका थिए । तर, एमाले र माओवादीको भागवडा अनुसार सात नम्बर प्रदेशमा मुख्यमन्त्री माओवादीको भागमा परेपछि एमालेबाट मुख्यमन्त्रीको दावी गर्दै आएका सासदहरु मन्त्री बन्ने दौडधुपमा लागि परेका छन भने एमालेबाट सभामुखका आकाङक्षी तथा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दावेदार पनि मन्त्रीको पार्टीभित्र मन्त्रीको लविङ गर्न थालेका छन । 


बाम गठबन्धन बनाएर चुनाव लडेर सात नम्बर प्रदेशमा बहुमत प्राप्त गरेपछि एमाले र माओवादी केन्द्रका दर्जन भन्दा बढी सासदले आफुलाई मख्यमन्त्रीको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका थिए । अन्तत ः भागवण्डा अनुसार माओवादी केन्द्रको भागमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा प¥यो र त्यसपछि सासदहरुले आफनो दलको भागमा परेको पदका लागि दावी गर्न थाले ।

माओवादी केन्द्रको भागमा परेको मुख्यमन्त्रीका लागि मात्रै ५ जना भन्दा बढी आकाङक्षी देखिएका थिए भने एमालेको भागमा परेको सभामुखका लागि पनि करिव आधार दर्जन सासद उम्मेद्वार बन अगाढी बढेका थिए । माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री बने निश्चित जस्तै भएको छ भने एमाले बाट अर्जुन बहादुर थापा सभामुखमा निर्विरोध भईसक्नुभएको छ ।

मुख्यमन्त्री र सभामुख हुने व्यक्ति पक्का भईसकेपछि यसअघि उक्त पदका लागि दावी गर्दै आईरहेका सासदहरु अव मन्त्रीका लागि दौडधुपमा लागि परेका छन ।

यसअघि एमाले कैलाली अध्यक्ष तथा सासद दिर्घ सोडारी तथा बाजुराबाट निर्वाचत सासद प्रकाश शाह मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा हुनुहुन्थ्यो । मुख्यमन्त्री माओवादीको भागमा परेपछि उहाँ अहिले ससदीय दलको नेतादेखि मन्त्रीबन्ने दौड धुमा हुनुहुन्छ । 
मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि अछामबाट निर्वाचित सासद झपट बोहराको पनि निर्क चर्चा चल्यो । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षसग निकट मानिने बोहरा नै प्रदेश सातको मुख्यमन्त्री हुने अडकलवाजी पनि धेरैले गरेका थिए भने आफुले नै मुख्यमन्त्री हुने दावी बोहराले गर्दै आउनुभएको थियो ।  ।

तर, उक्त अडकल र दावी विपरित माओवादी केन्द्रले त्रिलोचल भट्टलाई मख्यमन्त्री बनाउने निर्णय गरेसगै बोहरा मन्त्री बन्ने दौडधुमा हुनुहुन्छ । आफु मन्त्रीको लागि उपयुक्त, दावेदार रहेको र पार्टीले जिम्मेवारी दिए कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्ने सोचमा बोहरा हुनुहुन्छ । 
एमालेको भागमा परेको सभामुखमा डोटीबाट समानुपातिक उम्मेद्वार बन्नुभएकी सासद पूर्णा जोशीको पनि चर्र्चा थियो । तर,मुख्यमन्त्री पनि डोटीकै हुने भएकाले जोशीलाई एमालले सभामुख नबनाएपनि पार्टीले जिम्मेवारी दिए मन्त्रीको पद पनि सम्हान तयार हुनुहुन्छ । 
वरिष्ठताका आधारमा आफले सात नम्बर प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने माग गर्र्दै आउनुभएका माओवादी केन्द्रका सासद विरमान चौधरी  मुख्यमन्त्री नबनाईएपछि असन्तुष्ट बन्नुभएकोले मन्त्रीका लागि दावी गरिरहभएको छैन ।

एमालेबाट सभामखका दावेदार तारालामा तामाङ, पठान सिह बोहरा र माओवादी केन्दबाट पनि करिव आधा दर्जन सासदहरु मन्त्री बन्न लागि परेको जनाईएको छ । 


 


सोमबार २९, माघ २०७४ ११:२४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस