Khabar Raftar

07:00 AM - 07:30 AM

Monday, May 28 2018, 07:02 | सोमबार १४, जेठ २०७५ ०७:०२
आज प्रदेश सभा बैठक

सोमबार, २९ माघ २०७४| Hari Joshi
आज प्रदेश सभा बैठक

धनगढी २९ माघ । आज सात नम्बर प्रदेश सभाको बैठक बस्दैछ । अहिले दिउसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचनको कार्यतालिका रहेको छ । प्रदेश सभा सचिवालयका प्रमुख मुरारी मतहका अनुसारे बैकठले सभामुखको निर्वाचन गर्ने छ । बैठकमा सभामुखका उम्मेद्वारले आफनो प्रस्ताव पेश गर्नुहुनेछ ।

त्यसपछि सभामुखका उम्मेद्वारको प्रस्तावक र समर्थकले प्रस्ताव र समर्थन पेश गर्नुहुनेछ । प्रदेश ७ को सभामुखमा एमाले सांसद अर्जुृन बहादुर थापाको मात्रै उक्लो उम्मेद्वारी परेको छ । थापाको प्रस्तावकमा एमालेका सासद तथा कैलाली अध्यक्ष दीर्घ सोडारी  र समर्थक प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्ट रहनुभएको छ ।

सभामुखका लागि एक जनाको मात्रै उम्मेद्वारी परेकाले सभाको अध्यक्षता गर्ने सभाध्यक्षले सभामुख निर्वारोध भएको घोषणा गर्नुहुने प्रदेश सभा सचिवालयका प्रमुख मुरारी मतहले जानकारी दिनुभयो ।

शनिवार दिउसो १ बजेदेखि ५ बजेसम्म सभामुखको लागि उम्मेद्वारी दर्ताको समय तोकिएकोमा थापाको मात्रै उम्मेद्वारी दर्ता भएको थियो । सात नम्बर प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, काग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सासद रहेका छन । 


सोमबार २९, माघ २०७४ ११:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस