Latest Nepali pop songs

12:15 PM - 01:00 PM

Wednesday, July 18 2018, 12:16 | बुधबार ०२, साउन २०७५ १२:१६
४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा : थापा

आइतबार, २८ माघ २०७४| Radio Dhangadhi
४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा : थापा

एफएम संवाददाता
कञ्चनपुर २८ माघ । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताउनुभएको छ ।

मिडिया नेपाल कञ्चनपुरले आईतबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवं ऊर्जामन्त्री थापाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार खडा नगर्नु ठूलो गल्ती भएको बताउनुभयो ।

आगामी दिनमा समेत हिन्दू राष्ट्र पार्टीको प्रमुख एजेण्डा रहने र त्यसका निम्ती सडक संघर्ष गर्दै अघि बढने थापाको भनाई थियो ।   


आइतबार २८, माघ २०७४ ०६:५६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस