Khabar Raftar

07:00 AM - 07:30 AM

Monday, May 28 2018, 07:09 | सोमबार १४, जेठ २०७५ ०७:०९
लगातार सफल दीपिका

आइतबार, २८ माघ २०७४| Radio Dhangadhi
लगातार सफल दीपिका

मुम्बइ (एजेन्सी) । वलिउड क्विन दिपीका पादुकोण सायद भाग्यमानी अभिनेत्री हुन् । उनका अधिकासं चलचित्र सफल छन् । कतिपय चलचित्रले त रेकर्ड कायम गरेका छन् । करोड क्लवमाथीको व्यापार गर्ने चलचित्र त धेरै छन्, तर उनका तिन फिल्मले २ सय करोड वढिको व्यापार गरेका छन् ।


अभिनयमा निकै दख्खल भएकी पादुकोणको तेस्रो फिल्म २ सय करोड क्लबमा प्रवेश गरेको छ । उनको नयाँ फिल्म ‘पद्मावत’ ले दोस्रो हप्तामा ३ सय ३६ करोड रुपैयाँ आम्दानी गरेको छ ।


दीपिकाको यसअघि दुईवटा फिल्म २ सय करोड क्लबमा समावेश भइसकेको छन् । २०१३ मा रिलिज भएको ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा रिलिज ‘ह्यापी न्यु एयर’ ले २ सय करोडभन्दा बढी रकम आम्दानी गरेको थियो ।


निकै विवादका बीच ‘पद्मावत’ जनवरी २५ मा रिलिज भएको थियो । यो फिल्मले पहिलो हप्ता १ सय ६६ दशमलव ५० करोड कमाई ग¥र्यो भने दोस्रो हप्तामा ६९ दशमलव ५० करोड रुपैयाँ कमाई गरेको व्यापार विश्लेषक तरण आदर्शले बताएका छन् ।


आइतबार २८, माघ २०७४ १२:१६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस